काग्रेसको सन्धिखर्कमा भव्य आमसभा, नरहरी आचार्यद्धारा वैद्य समुहले सरकार ढाल्ने दावी


 

– वीरेन्द्र केसी

 

अर्घाखाँची – नेपाली काग्रेसका केन्द्रिय सदस्य नरहरी आचार्यले बाबुराम भटराई नेतृत्वको सरकार माओवादीको वैद्य समुहका कारण ढल्न अवस्थामा रहेको बताएका छन । माओवादी भित्र आन्तरिक किचलोका कारण पार्टीमा पुष्पकमल दाहाल कमजोर बन्दै गएकाले सरकार जतिबेला पनि ढल्न सक्ने दावी गरेका छन । 

 


 

सास्कृतिक संघको आमसभालाई सम्बोधन गर्दै  नेता आचार्यले काग्रेस एमाले सरकारलाई जोगाउने पक्षमा रहेपनि मोहन वैद्यको समुहले शसक्त रुपमा प्रतिपक्षको भुमिका खेलेकाले सबैभन्दा कमजोर र केही गर्न नसक्ने अवस्थामा सरकार पुगेको दावी गरे । शान्ति प्रकि्रया र संविधान निर्माणका काम पुरा नहुदासम्म काग्रेस सरकार फेर्ने पक्षमा छैन आचार्यले भने तर माओवादीको गुटगत विभाजनले जतिबेला पनि सरकार ढल्न सक्छ । काग्रेसको शुभकामना छ माओवादी कै कारण सरकार नढलोस आचार्यले भने दाहाल पार्टीमा कमजोर छन उनले गरेका निर्णय उनकै सदस्यले उल्टयाउदै आएका छन ।

 



यसको असर संविधान निर्माण शान्ति प्रकि्रया कब्जा घरजग्गा फिर्ता लगायतका सबै विषयमा परेको छ । संविधान निर्माणपछि सरकार परिवर्तन हुन्छ उनले भने चुवानी सरकारको नेतृत्व काग्रेसले गर्छ । राष्ट र अन्तराष्टले काग्रेसले निष्पक्ष चुनाव गराउछ भन्ने राम्रो सन्देश गएकाले काग्रेसले जिम्मेवारी छिनुपर्ने दावी गरे । 

 


 

उनले वरिष्ठ नेता शेरबहादुर देउवाले अबको प्रधानमन्त्री आफु हुने बताएपनि विधानमा संसदीय दलका नेता रामचन्द्र पौडेलनै हुने व्यवस्था रहेको बताए । शेरबहादुर जीले म भावी प्रधानमन्त्री हु भन्दै हिडनु आफनो व्यक्तिगत कुरा हो पार्टीको होईन आचार्यले भने फेरी रहर लगेहोला त्यसैले भन्दै हिडनु स्वभाविकै हो । उनले पार्टी भित्र कुनै वैचारिक र सैदान्तिक लडाई नभई पार्टी भित्र आन्तरिक व्यवस्थापन गर्न नेतृत्व कमजोर भएकाले विवाद मिलाउन नसकेको बताउँदै उनले विवाद छलफलबाट छिटै समाधान हुने बताए । उनले संविधान बनाउन ढिलाई भैरहेकाले दलहरुबीच साझा सहमती हुनुपर्ने बताए । उनले दलहरुबीच संघयता विरोध भएकाले संघीयताको खाका स्पष्ट बाहिर आउन नसकेको बताए ।

 


 

कार्यक्रममा  नेपाली काग्रेसकी केन्द्रिय सदस्य एवं क्षेत्र नं.२ की सभासद पुष्पा भुसालले प्रधानमन्त्री बाबुराम भटटराईले गरेको विप्पा सम्झौता नेपालमा लगानी प्रवद्धन गर्न नभई भारतलाई खुसी पार्न र सत्तामा रहिरहनेको लागि भएको आरोप लगाएकी छिन ।


उनले बाबुराम नेतृत्व सरकारले जनताले चाहे जस्तो काम गर्न नसकेको बताईन । उनले आफना कार्यकर्ता चितवन तरुण दल अध्यक्ष शिव पौडेललाई जेलभित्रै आक्रमणले सरकार जनताको शान्ति सुरक्षामा पनि कमजोर रहेको बताईन ।

 

सास्कृतिक आमसभामा कलाकार दिलिप रायमाझी  देवीराम पराजुली महिमा सिलवाल पुष्पा मौनाली जानु सुनार संगम गुरुङ्ग शिवहरी वैरागीशान्ता खासु मगर लगायतका एक दर्जन भन्दा बढी कलाकारले दर्शकलाई रमाईलो गराएका थिए । कार्यक्रममा काग्रेस जिल्ला सभापति कमलप्रसाद भुसाल सचिव अधिवक्ता वासुदेव आचार्य प्रभावशाली नेता विष्णु मुस्कान कोषाध्यक्ष हरि बहादुर खडका क्षेत्र नं- १ सभापति चन्द्रमणी पाण्डे २ का मनिराम पौडेल लगायतका काग्रेस नेता तथा कार्यक्रता थिए भने सयौ दर्शकको सहभागीता थियो ।


 


 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.