नाइजेरियामा बम बिस्फोट हुँदा ४० को मृत्यु

नाइजेरिया, ११ पुस गए राति नाइजेरियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । क्रिसमस दिवसको अवसरमा पारी राजधानी अबुजा नजिकै एक चर्च बाहिर गराइएको बम बिस्फोटमा ३५ जनाले ज्यान गुमाए भने ५० भन्दा बढी घाइते भए ।
 
 
बिस्फोटका कारण चर्च वरपरका घरहरु नराम्रोसँग क्षती पुगेको छ । उता, जोश सहरमा भएको बिस्फोटमा १ प्रहरी तथा डामातुरुमा ४ जनाको ज्यान गएको छ । बिस्फोटको जिम्मेवारी इस्लामिक समूह बोको हरामले लिएको छ ।
अन्तरराष्ट्रिय समुदायले नाइजेरियाका दुई सहरमा चर्चलाई केन्द्र बनाइ गराइएका बम विस्फोटको आलोचना गरेका  छन् । आक्रमणलाई नेत्रहिन हिंसाको प्रतिरुप भन्दै अमेरिकाले विस्फोट लक्ष्यहिन भएको बताएको छ । अमेरिकाले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीका लागि जस्तो सुकै सहयोग गर्न आफू तयार रहेको बताएको छ । प्रmान्स, जर्मनी, ब्रिटेन र इटालीलगायतका देशहरुले समेत आक्रमणको आलोचना गर्दै घट्नालाई कायरताको संज्ञा दिएका छन् ।