अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा एकै परिवारको तिन पुस्ताको हत्या

अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा एकै परिवारको तिन पुस्ताको हत्या भएको छ । मारिनेमा बालबालिका देखी ६० वर्ष उमेर समुहका चार महिला र तिन पुरुष रहेको प्रहरीले जनाएको छ ।

 

डलासको ग्रापेभाइन शहरको एक घरमा भएको यो घटनामा आक्रमणकारीले भने पछि आत्महत्या गरेको स्थानिय प्रहरीले बताएको छ ।

 

प्रहरीले क्रिसमस ट्रि नजिकबाट शवहरुसंगै दुईवटा सटगन पनि बरामत गरेको छ । क्रिसमस मनाउने क्रममा यो घटना भएको आशंका गरिएपनि घटनाको विस्तृत अनुसन्धान शुरु गरिसकेको अधिकाराहरुले जनाएका छन् ।