अर्घाखाँची ठाडाको एक बिधालयमा दुई महिना देखी ताला

 –   गणेश खनाल
यूएई डेस्क सहयोगी

 
अर्घाखाँची – ज्योति उच्च माध्यमिक विद्यालय ठाडा अर्घाखाँचीमा विगत २ महिना देखी प्रसाशन शाखामा ताला बन्दी हुदाँ दैनिक गर्नु पर्ने प्रशासनिक काम प्रभावित हुदै आएको छ ।
 
स्थानीय बासिन्दाहरुले विद्यालयमा भएको आर्थीक कारोवार पारदर्शी हुनुपर्ने,विद्यालयका विज्ञान विषयमा गरिएको विज्ञापन पुन गर्नु पर्ने लगाएताका माग राख्दै विगत दुई महिना देखी विद्यँलय प्रसाशनमा ताला लगाएका हुन् । विद्यालयमा लागेको  ताला नखोल्दा प्रसानिक कार्य प्रभावित भएको विद्यालयका प्रर्ँचाय शंखर आर्चायले बताउनुभयो ।


प्रशासनमा लागेको तालाका कारण विद्यार्थीको भर्ना प्रक्रिया,विद्यालयबाट दिईनेे चारित्रिक प्रमाणपत्र लगाएताका काम विगत दर्ुइ महिना देखी नै अवरुद्ध हुदै आएको छ । विद्यालयमा भएको आर्थिक पारदर्शी जनता सामु नल्याउनुजेल,तथा विज्ञापन गरिएको शिक्षक नियुत्तिमा व्यवस्थापना समितीले आफना मान्छे भति गर्ने नियतले खोलीएको विज्ञापन पुन सुचना जारी नगरेसम्म ताला नखोलीन र्सघषमा उत्रिएका मोती बेल्वासेले बताउनुभयो ।

 

Photo8
 
यता जिल्ला शिक्षा काार्यलयबाट ताला खोल्नको लागी गरिएका हरेक प्रयासहरु असफल भएको कार्यालयको भनाई छ । अन्य कुनै कारण भन्दा पनि राजनितीक कारणले ठाडाका विद्यार्थीले दर्ुइ महिना देखी दु ख खेप्नु परेको स्थानीय बासिन्दाको भनाई छ । विद्यालयको पर्ढाई भने नियमित रहेको छ । 
 
विद्यालय व्यवस्थापन समिती पनि र्सवदलिय छ भने र्सघषमा उत्रिएका समुहमा पनि र्सवदलिय प्रतिनित्व जस्तै रहेको स्थानीय बुद्धिजिवीको भनाई छ । राजनितीमा आ आफनो त्यानल हावी गराउनको लागी विद्यालयलाई राजनितीक गर्ने थलो बनाएको स्थानीयको बझाई छ।