भावना – जिन्दगी

-राजु खड्का

सन्धिखर्क – अर्घाखाँची

हाल:सम्युत्त अरब एमिरेट्स यूएई सारजाह

 


आजकल त सडकको किनारामा लेखिएको छ जिन्दगी ।


कहि साहुको ऋणी खातामा ब्याज सहित टाँसिएको छ जिन्दगी ।



सबै सुख खोज्छन तर सुख भन्ने कहाँ छ र –


सुख खोज्ने निहुँमा दुःख मात्र रेटिएको छ जिन्दगी ।



कल्पनामा पजेरो चढेको अनुभव गरेतापनि,


वास्तवमा दोवाटोमै मेटिएको छ जिन्दगी ।



जिन्दगीको यात्रामा पराइ सँग हजार नाता जोडे पनि ,


‘कु’साइतको जन्म हो कि आफन्तबाटै लुटिएको छ जिन्दगी ।



हुरि बतासले पक्षिहरुलाई के पो गरेकेा हुन्छ र –


त्यो भन्दा पनि बढि मान्छे कै शब्दले चुढिएको छ जिन्दगी ।



तिमि आफुलाई जति स्वावलम्बी ठान तर,


पापी पेटको लागि बेचिएको छ जिन्दगी ।।।


 


( लेखिएको भेटिएको मेटिएको , रेटिएको , जस्ता काफियाको प्रयोगमा धेरै प्राबिधिक कमीकमजोरी देखिएको ले यस् लाई सर्जकले गजल भनेर प्रेशित गरेको भए पनि अर्घाखाँची यूएई डेस्क ले भावना मा सिमित गरेको ब्यहोरा जानकारी गराइन्छ । रचनाकारले रचना गरेका शब्दको अर्थ फरक नपरोश भनेर शब्द परिवर्तन गरिएको छैन ।  )