बागीमा शिक्षा प्रेमीलाई दोसल्ला ओढाएर सम्मान / गोखुंगामा शैक्षिक गुणस्तर बृद्धि बिषयक अन्तरक्रिया सम्पन्न

– प्रेमनारायण आचार्य 


अर्घाखाँची १३ पौस । सुन्दर निमाबि बागी गुरासे अर्घाखाँचीमा  पुर्ब बिद्यालय बयबस्थापन समितिका पदाधीकारी र शिक्षकहरुलाई कदर पत्र तथा दोसल्ला ओढाएर आज सम्मान गरिएको छ ।


  कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले शिक्षामा महत्वपुर्ण भुमिका पुराएका ब्यक्तिहरुलाई सम्मान गर्ने खालका कार्यक्रम संचालन गरेमा शिक्षाप्रेमी तथा शिक्षकहरुको मनोवल बढ्ने भएकाले यस्ता खालका कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भएको छ । 


  कार्यक्रममा पुर्ब बिद्यालय बयबस्थापन समितिका पदाधीकारी र शिक्षकहरु गरि १७ जनालाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 


कार्यक्रममा जिल्ला शिक्षा समितिका सदस्य चन्द्रबहादुर खड्का नरेन्द्र क्षेत्री बिद्यालय निरिक्षक  जमुना चुँदाली खन स्रोत केन्द्रका स्रोत ब्यक्ति  बिष्णुप्रसाद पोख्रेल शान्ती उमाबि बागीका प्राचार्य  मानबहादुर पाण्डे माओबादीका जिन्दक खड्का काग्रेसका मित्रलाल भुसाल एमालेका डालबहादुर चौहान राजमोका बिरबहादुर कुवर ब्यबस्थापन समितिका सदस्य कृष्णप्रसाद पन्थी लगायतले मन्तब्य राखेका थिए । 


कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका सदस्य सोभाखर भुसालको अत्तयक्षता ठाकुरप्रसाद पन्थीको स्ागत मन्तबय र सोभाखर पन्थीको संचालनमा सम्पन्न भएको हाम्रा प्रतिनिधि असोक चौहानले बताएका छन् ।

 

 

गोखुंगामा शैक्षिक गुणस्तर बृद्धि बिषयक अन्तरक्रिया सम्पन्न


अर्घाखाँची १३ पौस । सुर्य उच्च माबि गोखुंगा अर्घाखाँचीमा शैक्षिक गुणस्तर बृद्धिका लागि सरोकारालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । 


  कार्यक्रममा  बिद्यालय निरिक्षक  रेस्मीराज अर्याल  माओबादीका चन्द्रमणि खनाल  काग्रेसका नरेन्द्र प्रसाद खनाल  एमालेका बिष्णुप्रसाद पौडेल बिद्यालयका प्राचार्य कमलप्रसाद घिमिरे पदम क्षेत्री बिष्णुप्रसाद मिश्र लगायतले मन्तब्य राखेका थिए । 


  कार्यक्रम गाविस सचिब धर्मराज भुसालको प्रमुख आतीथ्यता र योगेन्द्र खनालको संचालनमा सम्पन्न भएको गोखुगाबाट हाम्रा प्रतिनिधि कुलराज खनालले बताएका छन् ।

 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.