भेनेजुएलामा पेट्रोल ट्यांकर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ३६ हजार लिटर पेट्रोल बोकेको ट्यांकर र बिपरीत दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै सडक भरी तेल पोखिंदा सडकमा गुडिरहेका अन्य गाडीमा समेत आगजनी भएको छ । दुर्घटनामा एउटा बससहीत सातवटा गाडि जलेर नष्ट भएका छन् । ट्यांकर चालकले गति नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको भेनेजुएलाका अधिकारीहरुले जनाएका छन् ।
आगजनीमा परी १६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घाइतहरुको अवस्था गम्भीर रहेको छ ।