२०१० जुलाईको अन्तिम शुक्रबार देरा दुबई स्थित कार्लटन टावर होटलको बन्द कोठाबाट सुरु गरेको यो दोस्रो नेतृत्व पंक्तिले गएको एक वर्षसम्म गरेका कामहरुको सूचि बनाउने हो भने केटाकेटी – बालबच्चा खेल्ने भांडाकुटी खेल जस्तो देखिन्छ । दोस्रो अधिवेशन मार्फत निर्विरोध बनेको भनिएको महासंघका कार्यसमितिका सदस्यहरुको पूर्ण सदस्य संख्या उपस्थित भएर एउटा पनि बैठक वा कार्यक्रम हुन सकेन ।
यसै बिषयमा महासंघको वर्तमान कार्यसमितीले हालसम्म गरेका महत्वपूर्ण गतिबिधी बारे जानकारी गराउन भनेर लिखित र मौखीक रुपमा गरिएको जिज्ञासाको करीब ५ महिनाको प्रतिक्षा गर्दा सम्म मौन रहनुले महासंघ नाम मात्रको हो कि भनेर अनुमान गर्न त्यति गाह्रो छैन ।
महासंघको अध्यक्षमा शकंर ज्ञवाली पुगे लगत्तै उनले लेखेको एउटा लेख आफैमा बिबादित बन्यो । यहां स्थित नेपाली संघसंस्थाको वर्गिकरण त्यो पनि बिभिन्न कार्यक्रममा गरिने आशन ग्रहणको पक्षलाई लिएर । आ-आफ्नो महत्व बोकेका संघसस्थाको आफ्नै खालको औचित्य हुन्छ अनि आ-आफ्नो कार्यक्रममा आशन ग्रहण गराउने शैली आयोजकको बुद्धिमता र उसैको स्व-बिबेकमा भरपर्ने कुरा हो । त्यसर्थ कुनै कार्यक्रममा यसलाई पहिले आशन ग्रहण गराउ, त्यसपछि यसलाई उसलाई भन्नु आफैंमा गलत प्रकृया हो भन्ने आम ठहर छ । संस्थाको अध्यक्षले लेखेको प्रसंगमा कसरी सिंगो महासंघ मुछिन्छ ? यो प्रश्न उभिन सक्नु स्वभाबिक पनि हो । यद्यपी आफूलाई उच्च बनाउन वा बन्ने भावनाले नाम पछाडि सम्लग्न संस्था पद उल्लेख गर्नुले लेखमा महसंघ मुछिन पुगेको हो । फेरि नेतृत्व अर्थात् अध्यक्षले नै बोलेको बिषयमा शायद जिम्मेवारीपन देखिने आम-बुझाई भएकोले पनि त्यसो हुन सक्छ ।
दोस्रो अधिवेशनका लागि सहभागी महासंघको केन्द्रबाट केन्द्रीय उपाध्यक्ष गोबिन्द प्रसाद आचार्यसंगको पहिलो अन्तरक्रियामा बाचा गरिएका र प्रतिबद्धता जनाइएका प्रसंग पूरा गर्न अहिलेसम्म यूएई शाखाले पहले गर्न सकेन । पत्रकारिता गर्नेलाई हौसला र प्रेरणा दिदै सबैलाई एउटै छातामुनि राख्न सक्नुपर्नेमा महासंघ भित्रैका पदाधिकारीबाट बाहिर बजारमा सुनिने हल्लालाई उधृत गर्दै सक्छौ भने महासंघलाई टुक्राउ, साठी पैंसठ्ठी, संघसस्था भएको मुलुकुकमा दुईवटा पत्रकार महसंघ हुनु अचम्म हुने छैन जस्ता लज्जित अभिव्यक्ति लिखित रुपमै दिईने कागजी धम्कीले झन महासंघ हल न चल भएको छ ।
पत्रकारितामा रुची राख्ने यहां स्थित सिकारु पत्रकारलाई यूएईका सबै राज्यहरुमा प्रशिक्षण दिने भनिएको प्रसंग दुबइमा मात्र सिमित भयो । त्यो पनि यसअघि नै सदस्यता लिएका आफ्नै पदाधिकारी बाहेक अन्य कोही नयां पत्रकार जन्मिएनन । महासंघ भित्रैका केन्द्रीय प्रतिनिधि तथा सल्लाहकारहरुसंग सल्लाह नै नगरी महासंघ कै नेतृत्वमा अन्य कुनै एक सस्थासंग समन्वय गरी गत साल तिहारमा देउसी भैंलो खेलिएको खबर बिशेष स्रोत बाट आयो । तर त्यसबाट के कती रकम जम्मा भयो ? तिहारमा देउसी भैंलो अभियान कहां सम्म पुग्यो ? कहां कहां खेलियो ? न त महासंघलाई जानकारी गराइयो, न त अर्को संस्था जो संग समन्वय गरियो त्यहां नै दिईयो, यसरी प्रमाण देखाउंदा आर्थिक हिनामिनाको समेत छाप लाग्ने देखिन्छ ।
उता नेपाली समाज यूएईको गत जनवरीमा भएको निर्वाचनका लागि गठित निर्वाचन समितिका सम्योजक पनि महासंघ कै अध्यक्ष थिए । जतिबेला समाजलाई आबश्यक परेको भन्दै खरिद गरिएको प्राबिधिक सामान जस्तो ल्यापटप तथा अन्य केही आर्थिक रकम अहिलेसम्म समाजको नयां कार्य समितीलाई नबुझाएको भनेर समाजले धेरै पटक ताकेता गर्दा पनि नदिएको स्थिती थियो । एकपटक बुझाएको विवरण समाजले अस्विकृत गरेको छ । यसले भबिश्यमा महासंघ र यसको नेतृत्व प्रति कस्तो असर पर्ला भनेर समयमै सोच्नु पर्ने देखिन्छ ।
संयुक्त अरब एमिरेट्स यूएईमा करीब २ लाख ३० हजार भन्दा बढी नेपाली कार्यरत छौ । नेपाल सरकारको उपस्थिती स्वरुप नेपाली राजदुतावास समेत रहेको छ । यहां व्यापार-व्यवसाय-तथा अधिकांश रोजिरोटीका लागि सघंर्षरत छौ । यसै बीचको समुदायमा आधारित भिन्न नाममा ६० भन्दा बढीको सख्यामा सामाजिक संघसंस्था छन ।
साथै नेपालका बिभिन्न राजनितिक पार्टर्ीका भातृ संस्था समेत उत्तिकै छन, भलै उनिहरुका काम कारबाही राजनितिक क्षेत्रमा भन्दा बढी सामाजिक हातेमालोका कार्यमा बढी देखिन्छ । यी सबैका कामकारबाहीलाई जनस्तरसम्म पुर्याउनका लागि राज्यको चौथो अङग मानिने संचार९पत्रकारिता०र यसलाई प्रयोग गर्ने पत्रकारहरु पनि लागिपरेको देखिन्छ । यति हुंदा हुंदै पनि यहां रहेका नेपालीले संचार माध्यमको खासै उपयोग गर्न नपाईरहेको भान हुन्छ ।
अनलाईन संस्करण बाहेक स्थानिय स्तरबाट प्रकाशन-प्रशारण हुने संचार माध्यम यहां खासै छैनन । यूएईकै जेष्ठ संचार सस्था मानिने नेपाली समाचार केन्ऽको प्रकाशनमा हुने नेपाली समाचार पाक्षिक बाहेक छापा माध्यम अन्य छैनन । यहां कार्यरत पत्रकारलाई संगठित गर्ने गराउने भनेर स्थापित नेपाल पत्रकार महासंघले खासै केही नगरेको पाईन्छ । बिचरा थला परेको महासंघले आफ्नो वाषिर्क साधारण सभा त गर्न सकेको छैन भने अन्य जनस्तरका काम गर्न सक्ला भनेर आशा गर्ने ठाउं पनि छैन ।
महासंघको महत्वपूर्ण पद तथा महत्वपूर्ण स्थानमा आफ्नो भूमिका निर्वाह गर्ने व्यक्तित्वहरु अहिले विरलै पाइन्छ । महासंघका सदस्य धेरै जना अहिले यूएई छाडेर गएको स्थिती समेत हो । तर उहांहरुको ठाउंमा अरु कसलाई राखियो ? नयां को को सदस्य थपिए ? यूएई छाडेर नेपाल जानेको हकमा को कसको कसरी सदस्यता स्थानान्तरण गरियो ? सदस्य भएपछि अपनाउनु पर्ने विधि, नियम, नअपनाउनेलाई कारवाही गरियो गरिएन ? जस्ता अधिकांश मुद्दा अहिलेसम्म सार्वजनिक भएको पाइन्न । यस विषयमा महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा समेत जानकारी गराइएको छैन । यसै विषयमा ईमेल प्रतिक्रिया दिंदै केन्द्रीय अध्यक्ष शिव गाउंलेले भने ‘हामीलाई यूएई शाखाले आफ्ना गतिविधि अवगत गराएको छैन । महासंघ कै केन्द्रीय प्रतिनिधी तथा केही सञ्चारकर्मीले भने एनआरएन विश्व सम्मेलन ताका धेरै जिज्ञासा राख्नु भएको थियो ।’ ‘यस विषयमा गम्भीर भएर बुझ्ने छु यदि सबल नेतृत्व दिएर चलाउन सक्दैनन् भने शाखा बन्द समेत गरिने छ’ गाउंलेले भने ।