आज सन् २०११ को अन्तिम दिन, नयाँ वर्ष २०१२ को स्वागत गर्न विश्वभर विभिन्न कार्यक्रम

आज सन् २०११ को अन्तिम दिन । विश्वभर नयाँ वर्ष २०१२ को स्वागत गर्दै विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी सन् २०११ को विदाइ तथा सन् २०१२ को स्वागत गरिंदैछ । राजधानीका विभिन्न स्टार होटकका साथै पर्यटकीय क्षेत्रहरुमा विशेष कार्यक्रमहरु भइरहेका छन् । त्यसैगरी विभिन्न जिल्लामा पनि विविध कार्यक्रम भइरहेको हाम्रा स्थानीय संवाददाताहरुले जनाएका छन् ।

नेपालले सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाएको भए पनि अपेक्षा गरेभन्दा निकै कम पर्यटक भित्र्याएर सन् २०११ लाई विदाई गर्दैछ । कम्तीमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि स्थल र हवाई मार्ग गरी झण्डै साढे सात लाखको हाराहारीमा मात्र पर्यटक भित्र्याएरै नेपाल पर्यटन बोर्डले सन्तुष्ट मानेको छ ।