अमेरिकी राष्ट्रपति बराक ओबामाले चर्चित नयां रक्षा विधेयकमा हस्ताक्षर गर्नु भएको छ । अमेरिकी कंग्रेसले पारित गरेको विधेयकमा संदिग्घ आतंकवादी विरुद्धको कारवाहीमा प्रशासनको अधिकार सीमित हुन सक्ने विषयमा भने ओबामा सचेत देखिनु भएको छ ।
ओबामा सेनालाई असीमित अधिकार दिने पक्षमा नरहेको बताइएको छ । ओबामा अमेरिकी नागरिकमाथि मुद्धा नचलाईकन सैन्य हिरासतमा अनिश्चितकाल सम्म राख्न सक्ने अधिकार दिन नहुने पक्षमा उभिनु भएको छ । ओबामाले विधेयकमा हस्ताक्षर पछि अमेरिकी सैन्य अभियानका लागि आर्थिक अवस्था सहज हुने विश्वास लिनु भएको छ ।