पानी परेपछि अर्घाखाँचीका कृषकहरुमा खुसियाली

–  गणेश खनाल
यूएई डेस्क सहयोगी


लामो समय पछि पानी परेपछि अर्घाखाँचीका  कृषकहरुमा खुसीयाली छाएको छ । समयमै पानी नपरेपछि हिउदे वाली सुक्न थालेको बेला पानी परेपछि कृषकहरुमा सुसीयाली छाएको हो । मौसम परिर्वतन नहुदा खाद्य संकट हुने हो की भनेर पिरलिरहेको अवस्थामा पानी परेपछि आफुहरुमा खुसीयाली छाएको कृषकहरुको भनाई छ ।


अर्घाखाँचीका बाँगी,किमडाडा,बल्कोट,पाली,हसंपुर,खन,खनदह,खाचिकोट,नरपानी,ठाडा,सितापुर लगाएताका जिल्लाका अधिकाम्स गाविसमा पानी नपर्दा हिउदे वाली सुकेर जान लागेको अवस्थामा पानी परेपछि भने केही राहतको महसुश गरेका छन् ।


सिचाईको अभावमा पाखो बाली सक्न थालेको थियो,बागीका कृषक जालापा खड्काले भन्नुभयो । आकासको भरमा बाली लगाईन्छ पानी नपर्ने हो भने सबै सुक्छ ठाडाका मोती बेल्वासेले भन्नुभयो अहिले समयमै पानी परेको छ,उत्पादन राम्रै होला उहाँले थप्नुभयो ।


जिल्लामा कुल ६० प्रतिसत भुभाग सिचाई विना खेती गर्ने गरिन्छ । प्राकृतिक प्रकोप कारण पटक पटक यहाका कृषकहरुले सास्ती खेत्दै आएका छन् । गत वर्षपानी पर्ने बेलामा खडेरी पर्‍यो अहिले पनि पानी नपरे चौउपट पार्छ की भन्ने चिन्ताले सताएको थियो,तर यसपाली समयमै पानी पर्‍यो हामी खुसी छौ किमडाडाका कमल बजान्डेले भन्नुभयो । पानी नपर्दा गहु,जौ,लसुन,आलु,मसरोका बोट सुक्न थालेका थिए ।  जिल्लाको कुल ४० प्रतिसत भाग सिचाई हुने गरेको कृषी विकास कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

 

आईतवार विहान देखी सोमवार विहन सम्म पानी परेको थियो ।

 

 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.