पैसा कमालको रहेछ हर थोक किन्न सक्ने
प्रेम झन धमाल भएछ पर्राई माझ भिज्न सक्ने
स्वार्थीहरुको जिवनमा स्वाभिमानीको के मोल
हजारसँग नाता जोडी जहाँ कहि बिक्न सक्ने
कुटिल आवाजहरु घन्काउदै डुल्ने यि मानवहरु
जहाँ जे पायो त्यही मन खुसिले झिक्न सक्ने
चलाख र फटाहाहरुको सम्मान गरिने यो समाजमा
लाटो देशको गाँडा तन्नेरी जस्तै गरी टिक्न सक्ने ।।