फिजीमा तीन वर्ष देखि लागु भइरहेको सैनिक कानुन हटाइने भएको छ । सन् २००६ मा सेना प्रमुख फ्र्यांक बाईनिमारामाले निर्वाचित नेता लाइसेनिआ क्वारेसलाई पदच्युत गरी सत्ता हत्याएका थिए । त्यसपछि सन् २००९ को अप्रिल यता फिजिमा सैनिक कानुन लागु गरिएको थियो । सेना प्रमुख बाईनिमारामाले नयाँ वर्षको अवसरमा बोल्दै आपातकालीन कानुन आउँदो साताबाट निश्प्रभावी बनाइने र नयाँ संविधानको विषयमा अर्को महिना देखी छलफल थालिने वताउनुभयो । उहाँले सन् २०१४ भित्र चुनाव गराउने प्रतिबद्धता पनि जनाउनु भयो । अदालतले बाइनिमारामाको