VIDEO: अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानमा विरुद्ध नाकाबन्दी लगाउने प्रस्ताव सदर गरेलगत्तै इरानले अर्को क्रुज मिसायलको सफलता पूर्वक परीक्षण गरेको छ । इरानले नौ सेनाको १० दिने सैन्य अभ्यासका क्रममा गदर नामको मिसाइल परिक्षण गरेको जनाएको हो । इरानी वैज्ञानिकहरुले बनाएको यो मिसायल २ सय किलोमिटर टाढा सम्म मार हान्न सक्ने क्षमताको रहेको बताइएको छ । हिजो मात्रै इरानले जमिनबाट आकाशमा मार हान्ने मध्यम दुरीको मिसायल परिक्षण गरेको थियो । इरानले अझै अरु दुई किसिमका मिसायल परिक्षण गर्ने तयारी भईरहेको पनि जनाएको छ । अमेरिका लगायतका पश्चिमा मुलुकहरु इरानले आणविक हतियार विकास गर्ने कोशिस गरिरहेको विश्वासमा छन् भने इरानले यसलाई अस्वीकार गर्दै आएको छ ।