हंगेरीमा हालै लागु गरिएको संबिधानको बिरोधमा हजारौं जनता सडकमा उत्रेका छन् । लोकतन्त्रको अपमान गर्ने संबिधान बनेको भन्दै राजधानी बुडापेष्टमा हजारौले प्र्शन गरे ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठाउँ ठाउँमा झडप भएका छन् । कडा सु्रक्षा ब्यबस्थाबीच भएको प्रदर्शनमा बृद्धबृद्धा र महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।
दक्षिणपन्थी सरकारले बनाएको सबिधानले लोकतन्त्र, अदालत र केन्द्रिय बैंकलाई खतरा हुने भन्दै प्रदर्शनकारीहरुले संशोधन माग गरेका छन्। हंगेरीको नयाँ संबिधानको युरोपेली संघ र अमेरिकाले समेत आलोचना गरेका छन् ।