माघे सक्रान्तीका दिन सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम हुने


 

काठमाडौं । आगामी माघे सक्रान्ती अर्थात माघ १ गते अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम हुने भएको छ।

 

नगरपालिका सन्धिखर्क स्थित शान्ती बगैचामा हुने उक्त सास्कृतिक कार्यक्रममा आधुनिक गायक राम कृष्ण ढकाल लगायत अन्य लोक दोहोरी,आधुनिक, पप, हास्य कलाकारहरु कुलेन्द्र विक, टिका पुन, जीवन परिवार, विजय सुनाम, राजु सुनार, शिव शंकर बानिया, घन राज सुन्धली, ठाउक गन्धर्व, अर्जुन भुसाल, प्रितम दलित, शान्ता खासु लगायतको उपस्थिती रहने आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, अर्घाखाँचीले जनाएको छ।

 

उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा राष्ट्रिय साप्ताहिक अर्घाखाँचीडट्कम एवम अन्लाईन रहेको छ। साथै अर्घाखाँचीडट्कम अर्घाखाँचीले जनाए अनुसार उक्त माघे सक्रान्तीका दिन हुने भव्य सास्कृतिक कार्यक्रमको अन्लाईन मार्फत प्रत्क्षय भिडियो लाईभ गर्ने भएको छ ।

 

साथै उक्त प्रत्क्षय भिडियो विश्वभरबाट दशौ हजारले हेर्ने अपेक्षा लिएको सो संचारसस्थाले जनाएको छ।

 

थाहा भए अनुसार उक्त राष्ट्रिय स्तरको कार्यक्रम लागि व्यापक प्रचार प्रसार गर्नुका साथै छिमेकी जिल्ला लगायतबाट हजारौको उपस्थिती रहने अनुमान गरिएको छ। 

  

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.