नुवाकोट गाविसको कार्यालयमा तालावन्दी

– वीरेन्द्र केसी


नुवाकोट, अर्घाखाँची – गाविस सचिव र राजनीतिक दलका नेताले जनतालाई खबर नगरिकन गाउँ परिषद गरेको भन्दै गाउँलेले नुवाकोट गाविसको कार्यालयमा बुधवार तालावन्दी गरेका छन ।


उनीहरुले गाउँ परिषदमा जनतालाई थाहै नदिईकन दलका नेता मात्रै बसेको र नेता भएको गाउँमा मात्रै बजेट विनियोजन गरेको भन्दै तालावन्दी गरेका हुन । गाउँ परिषद गर्नको लागि सबैलाई खबर गेर छलफल गरेपछि योजना छुटाउने सहमती भएपनि दुई दिन अघि चार दलका चार जना नेता बसेर आफुसुखी बजेट बाँडफाँड गरेको भन्दै तालवन्दी गरिएको वडा नं.४ का स्थानीय पदम गैरेले बताए । गाउँ परिषद मंसिर २३ गते भएको थियो ।

 

कार्यालयमा तालावन्दी गरेपनि कार्यालयको काम रोकिएको सचिव राजेन्द्र आचार्यले बताए । उनले दलका प्रतिनिधिको सहमतीमा परिषद गरिएको दावी गरे । पुन सर्वदलीय संयन्त्र र परिषद समितिसँग छलफल गरेर निकास निकाल्ने उनले बताए । नुवाकोटको वडा नं. ४ मा दलले बजेट नपारेको भन्दै गाउँले आक्रोशित भएका हुन । पुन परिषद गराएर सबैलाई समान रुपमा बजेट बाँडफाड नगरेसम्म ताला नखोलिने गैरेले बताए ।

 

स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले गाविस कार्यालयमा तालावन्दी गरेको विषयमा आफुलाई केही जानकारी नभएको बताए ।

 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.