भारतले बर्ड फलु भाइरस एच फाइभ एन वन बाट मुक्त भएको घोषणा गरेको छ । भारतीय सुचना कार्यालय पी आई बीको वेभसाइटमा जारी विज्ञप्ति अनुसार यस विषयमा विश्व स्वास्थ्य संगठनलाई सुचित गरी सकिएको छ ।
विज्ञप्तिमा यो घोषणाका बाबजुत प्रभावित देशहरुसंग सीमा जोडिएका क्षेत्र र पंक्षी लगायत पंक्षी जन्य सामग्री आयात हुने क्षेत्रमा विशेष निगरानीलाई निरन्तर दिने उल्लेख छ ।
यस्तै भारतीय कृषि मन्त्रालय अन्तर्गतको पशुपालन ,डेरी र मत्स्य विभागले पनि बर्ड फ्लुका विषयमा भने राज्य सरकारहरुलाई सतर्क रहिरहन भनेको छ ।