चर्चित अमेरिकी वेभ पोर्टल याहुमा स्कट थम्पसन नयाँ प्रमुख कार्यकारी नियुक्त भएका छन् । उनी अनलाइन पेमेन्ट सेवा उपलब्ध गराउने पेपलका पूर्व अध्यक्ष हुन् ।
थम्पसनले इबेको पेपल डिभिजन सन् २००८ मा सम्हालेका थिए । याहुले गुगलका सामु प्रतिद्वन्द्वीका रुपमा टिक्न गाह्रो भएपछि आफ्नो रणनीतिलाई पुनर्विचार गर्न थालेको छ । याहुको सर्च इन्जिन फोटो सेयर गर्ने फ्लिकर र याहुमेल चल्तीमा छन् ।
वेभ मेलमा वर्र्चस्व जमाइरहेको याहुका पछिल्लो केही समययता प्रयोगकर्ता घट्दै गएका छन् । युवा उपभोक्ता फेसबुक, ट्युटरतिर आकर्षित भएपछि याहुले चुनौतीको सामना गर्नु परिरहेको छ । याहुको सेयर मूल्य सन् २००८ देखि १५ डलरमा स्थिर रहेको छ ।