मेक्सिकोको उत्तरी तामाउलिपास राज्यको अलटामिरा शहर स्थित कारागारमा बन्दीका दुई समुहबीच झडप हुंदा ३१ जना कैदी मारिएका छन् ।
घटनामा १३ भन्दा बढी गंभीर घाइते भएृका छन् । अलटामिरामा जेतास र गल्फ नामक तस्कर समुहबीच अमेरिकातर्फको तस्करी मार्ग नियन्त्रणलाई लिएर व्यापक हिंसात्मक घटना हुने गरेका छन् । मेक्सिकोका विभिन्न कारागारमा क्षमता भन्दा बढी कैदी राखिने र त्यहां रहने लागु पदार्थका तस्कर समुहहरुबीच लगातार झडप हुने गरेका छन् ।
मेक्सिकोमा सन् २००६ को डिसेम्बर यताका लागु पदार्थ तस्करी सम्बन्धी घटनामा ४० हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।