ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा भीषण वर्षा पछि आएको बाढी र पहिरोमा परि कम्तिमा ६ जनाको मृत्यु भएको छ । बाढीका कारण बढी प्रभावित मिनास जेराइस राज्यका ६६ शहरमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।
करिब १० हजार ३ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ३ हजार घरहरु ध्वस्त भएका छन् । बाढीका कारण राजमार्ग क्षतिग्रस्त भएकाले उद्धार र राहत कार्यमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।
ब्राजिलमा गत वर्ष मात्र बाढीका कारण ८ सय मानिसको मृत्यु भएको थियो ।