फिलिपिन्सको मिन्दानाओ टापु नजिकको दक्षिण कम्पोस्टेला प्रान्तको एक गाउँमा गएको पहिरोमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । सय भन्दा बढी मानिस हराइरहेका छन् । दुई दिन देखीको लगातारको वर्षाका कारण पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।
पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सेना परिचालन गरिएको छ । उक्त क्षेत्रमा सुन खानीको काम भैरहेकाले सरकारी सुचनालाई बेवास्ता गरि त्यहांका मानिस अन्यन्त्र जान मानी रहेका छैनन् ।
अनुगमन नगरिएका खानी सञ्चालनका कारण पहाडि भूभाग अस्थिर हुनाले पनि दुर्घटना बढेको बताईएको छ ।