सिमलपानीमा विजुली आएपछि खुसीयाली

– वीरेन्द्र केसी


सिमलपानी, अर्घाखाँची – दुर्गम गाउँ सिमलपानीका ८७ वर्षीय वृद्ध कुलप्रसाद भट्टराईले विजुली बलेको नजिकैबाट देखेका थिएनन् । घरमा बोल्दा निकै अचम्मित मान्दै भने मर्ने बेलामा विजुली वित्ती देख्न पाईयो । हाम्रो जवानामा सल्लाको दियालो बाबेर गुजारा चलाएका थियौ उनले भने विजुली त झललल पो बोल्दो रहेछ साह्रै रमाईलो लाग्यो जवाना हेर्दाहेर्दै फेरियो ।

 

स्थानीय महिला  शान्ता पुलामी घरमै विजुली बलेपछि दंग भएकी छिन । यस्तो दुर्गम वस्तीमा विजली बल्ला भन्ने कल्पना पनि थिएन तर आज घरमै झललल विजुली बलेको देख्दा निकै खुसी लागेको छ उनले भनिन गाउँ नै उज्यालो भयो । खरले छाएको झुपडी जस्तो घरमा विजुली बाल्न पाउँदा खगिश्वर विकको परिवारमा खुसीयाली छाएको छ । शहरमा मात्रै नभएर अव विजुली विकट गाउँका हामी जस्ता झुपडीमा वस्ने गरिबले पनि बत्ती बाल्न पाउँदा हर्ष लागेको छ उनले भनिन अब अध्यारो टुकी र दियालोको भरमा गुजारा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाईयो । पुलामी र विक जस्तै जिल्लाको विकट गाउँ सिमलपानीका १ सय ५० भन्दा बढी घरपरिवारमा विजुलीले खुसीयाली छाएको छ । विजुली आएको खुसीयालीमा गाउँलेले भोजभतेर गरी रमाएका थिए ।

 

जिल्लाको दक्षिणी भेगमा पर्ने सिमलपानी दुर्गम गाउँ अन्तरगत पर्छ । गाउँमा विद्युतीकरण हुने भन्ने खबर एक वर्ष अघि जानकारी पाएपछि स्थानीयले पोल गाडन देखी अन्य काममा ठुलो सहयोग पुयाएविजुलीको ठेक्का लिएका डिएएसए कन्टक्सन प्रालिका साचालक दिपक कार्कीले भने गाउँबाट भरपुर सहयोग भयो । विद्युत विस्तारको लागि गाविसको २४ लाख र सामुदायिक वनको काठ दाउरा र घाँस बेचेर आएको आम्दानी मध्येबाट २२ गरी ४६ लाख रुपैयाँमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका रेश्मीले बताए । विद्युतीकरणका १ सय १५ घरदुरी लाभाविन्वत भएका छन ।


सिमलपानी गाविस कार्यालय नजिकैका गाउँमा विस्तार भएको छ स्थानीय नुन बहादुर विसीले भने भौगोलिक विकटताले छरिएर घरहरु रहेकाले सबै घरसम्म पुयाउन कठिनाई भएको छ । केही महिना भित्र सबै घरहरुमा वत्ती बालिने उनले बताए । जिल्लाकै दुर्गम गाविस सिमलपानी सहित ५ गाविस मध्ये सिद्धारा जलुके जुकेनामा पनि बोल गाडिएको छ । विद्युत विस्तार गर्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ ।

 

सिमलपानीमा विजुली बालेपछि अब जिल्लाका ४२ गाविस मध्ये ३६ गाविसमा विद्युतीकरण भैसक्यो विद्युत प्राधिकरण शाखा प्रमुख हरि पाण्डेले भने अब ७ गाविसमा पनि एक वर्ष भित्रैमा विद्युतीकरण गर्ने योजना छ । दुर्गम गाउँ भएकाले सदरमुकाममा आएर मिटर लैजानको लागि दुई, तीन दिन लाग्ने भएकाले उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै प्राविधकरणले गाउँमै एक दिने घुम्ती शिविर साचालन गरी उपभोक्तालाई मिटर वितरण गरेको थियो । अर्घाखाँची लोडसेडिङ मुक्त जिल्ला हो ।

 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.