इराकमा भएको श्रृङखलाबद्ध बिस्फोटमा परी कम्तीमा ७२ जनाको मृत्यु भएको छ । इराकको राजधानी बग्दादमा भएको बिस्फोटमा २७ र नसीरिया शहरमा भएको आत्मघाती बिस्फोटमा परी ४५ जनाको मृत्यु भएको हो ।
नसीरिया शहरमा रहेको मस्जीतमा शिया समुदायका दर्शनार्थीहरु भेला भएको बेला आत्मघाती बिस्फोट हुँदा प्रार्थना गरीरहेकाहरुको मृत्यु भएको इराकी अधिकारीहरुले जनाएका छन् ।
विगतका बर्षहरुमा बिस्फोटका घटनामा कमी आएपनि इराकमा गत डिसेम्बरमा अमेरिकी सेना फिर्ता भएपछी बिस्फोटका क्रममा बृद्धी भएको हो । बिस्फोटका कारण राजधानी बग्दाद लगाएत कयौ शहरका जनता त्रसित बनेका छन् । घटनामा कयौं घाईते भएका छन् । घटनाको जिम्मेबारी हालसम्म कसैले लिएको छैन ।