मेक्सीकोमा संसारकै सबैभन्दा ठुलो पुल निर्माण


 

उत्तर अमेरीकी राष्ट्र मेक्सीकोमा संसारकै सबैभन्दा ठुलो पुल निर्माण गरिएको छ । उत्तरी मेक्सीकोको पर्वतीय क्षेत्रमा निर्माण गरिएको ४ सय ३ मिटर अग्लो पुलको त्यहाँका राष्ट्रपति फेलिपे क्याल्डेरोनले उद्घाटन गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति क्याल्डेरोनले ११ सय २४ मिटर लामो यो पुल मेक्सीकोको विकाशक्रम र सम्पन्नतातर्फको पाईला भएको बताउनुभएको छ ।पुल उद्घाटन समारोहमा गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिले त्यहाँका राष्ट्रपतिलाई विश्वकै अग्लो पुल भएको किर्तीमानी पत्र तथा उपहार दिएका थिए । यो पुलमुनी फ्रान्सको पेरीसमा रहेको आईफल टावर समेत अटाउने बताईएको छ ।युरोपेली राष्ट्र स्पेनबाट मेक्सीको स्वतन्त्र भएको २ सय वर्ष पुगेको अवसरमा पुल निर्माण गरिएको हो ।