ठाडामा १ करोड अनियमितता गरेको आरोपमा लागेको ताला खुलेन


 

– वीरेन्द्र केसी


ठाडा, अर्घाखाँची – विद्यालयमा आर्थिक अनियमितता सहित शिक्षक नियुक्तीमा धाधली गरेको भन्दै अभिभावकले विद्यालयको प्रशासन शाखामा लगाएको ताला दुई महिनासम्म खुल्न सकेको छैन ।

 

 जिल्लाको ठाडा गाविस स्थित ज्योती उच्च माविमा अभिभावक र गाउँलेले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन । उनीहरुले समितिका अध्यक्ष वसन्त कुमार श्रेष्ठले विद्यालयको नामको मौजाद खातामा रहेको ६० लाख र भवन निर्माणको लागि शिक्षा कार्यालयबाट आएको ४० लाख गरी १ करोड रुपैयाँ परदर्शी गर्न आलटाल गरेको र विषयगत भन्दा बाहिरका शिक्षक नियुक्ती गरेको उनीहरुले बताएका छन  । 

 
स्थानीय अभिभावक मोती वेल्वासेले यति ठुलो रकम परदर्शी नगर्दासम्म ताला नखोल्ने बताए । निमाविको राहत दरवन्दीको गणित विषयको शिक्षक राख्नु पर्नेमा श्रेष्ठ र प्राचार्य शंकर अर्यालको मिलोमतोमा सामाजिक विषयमा अर्यालले आफना जेठानलाई नियुक्ती गरेकोले विवाद भएको उनले बताए । आर्थिक पारदर्शी र विषयगत शिक्षक राख्नुपर्ने गाउँलेको अडान रहेको छ । बरम्बार आग्रह गर्दा श्रेष्ठ र अर्यालले लाप्रवाही गरे अभिभावकको कुरा सुनेननु संघर्षमा उत्रिएका स्थानीय केदार वेल्वासेले भने शिक्षालाई गुणस्तर बनाउनुपर्छ भन्ने हाम्रो माग हो । विद्यालयको यति ठुलो रकम हिनामिना गर्ने अधिकार अध्यक्ष श्रेष्ठलाई छैन उनले भने ुजनताका सामु पारदर्शी गरी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्छ भन्ने अभिभावक र गाउँलेको माग छ ।

 
 जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले शिक्षक नियुक्ती नियम संगत भएकाले खारेज गर्न नसकिने र उमाविको लागि लेखा विषयको शिक्षक नीजि स्रोतमा राख्ने तीन दलका प्रमुखसँगको छलफलमा सहमती भएको दावी गरे । ताला खोल्नको लागि कार्यालयको पहलमा माओवादीका मगरात राज्य समितिका सचिवालय सदस्य गोविन्द केसी काग्रेसका जिल्ला सचिव वासुदेव आचार्य र एमालेका जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरेसँगको छलफलमा यस्तो निर्णय भैसकेकाले तालाबन्दी गर्ने अभिभावकलाई मौखिक रुपमा खोलिदिन आग्रह गरेका छौ खनालले भने ुयदि नखोले प्रहरी प्रशासन लगाएर भएपनि ताला खोलाईन्छ । अभिभावक र गाउँलेले भने वास्तविक समस्या नबुझिकन सदरमुकाममा बसेर  एकलौटी निर्णय मान्य नसकिने भन्दै ताला नखोल्ने अडानमा रहेको बेल्वासेले बताए । शिक्षा अधिकारी खनालले आर्थिक अनियमितताको विषयमा श्रेष्ठ र अर्याललाई कार्यालयमा हाजिर हुनका लागि खबर गरिएको बताए । आन्तरिक रुपमा छानविन प्रकि्रया अगाडी बढेको छु उनले भने अनियमितता गरेको पाईए कारवाही हुन्छ । एक साता भित्र छानविन प्रकि्रया सकि सार्वजनिक गरिने खनालले बताए ।

 

 तालावन्दीले विद्यालयको प्रशासनिक काम ठप्प भएको छ । एक महिना भित्र सबै रकमको हिसाव किताब सार्वजनिक गरौला भन्नु भएको छ अध्यक्षले प्राचार्य अर्यालले भने सबै परदर्शी नै छ पुर्वग्रही रुपमा आर्थिक अनियमितताको आरोप लगाएका हुन । अध्यक्ष हाल जिल्ला बाहिर रहेकाले आएपछि सार्वजनिक गरिने उनले बताए । यस विषयमा बुझन खोज्दा श्रेष्ठसँग सम्पर्क हुन सकेन । ठाडा गाविसका पुर्व गाविस अध्यक्ष समेत रहेका उनले ठाडा दह नजिकैको करिब ३ करोड मुल्य पर्ने सार्वजनिक जग्गा २८ वर्षदेखि अतिक्रमण गरी बसेको भन्दै गाउँलेले जिल्ला अदालतमा मुद्धा दर्ता गरेका थिए । तीन महिना अघि अर्घाखाँची जिल्ला अदालतले जग्गा सार्वजनिक भएको फैसला गरेपछि श्रेष्ठले गाउँ छाडेको स्थानीयले बताए ।


बैठकमा सहभागी काग्रेसका जिल्ला सचिव वासुदेव आचार्यले जिशिको भनाईप्रति खण्डन गरे । उनले विषयगत शिक्षकको लागि पुन विज्ञापन गराउनुपर्ने र खाली रहेका विषयगत शिक्षकको लागि नीजि स्रोतमा राखेर समस्याको समाधान गर्ने छलफल भएको बताए ।  स्थानीय दलका नेता अभिभावक गाउँले व्यवस्थापन समितिसँग व्यापक छलफल गरेर निकास निकाल्नुपर्छ भन्ने छलफल भएको हो उनले भनेु उनीहरुलाई बाहेस गराए समाधान हुदैन ।

 


जिल्ला शिक्षा कार्यालय, सन्धिखर्क अर्घाखाँची ।

 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.