फेसबूकमा अर्घाखाँचीडट्कमको अर्घाखाँचीबासी सँग गफगाफ (घर देखि राजनीतिक र विदेश सम्म)

– रमेश थापा ।

 

फेसबूक च्याटबाट कतारको स्थानिय समय अनुसार करिव साझको १०:३० समय भयो भनी अर्घाखाँची जिल्ला खाचिकोट गाबिस वार्ड – ६ भालुखोला घर बताउने खडक जङ के.सी सँग अर्घाखाँचीडट्कमको १०-१२ मिनेट कुराकानी-गफगाफ भएको थियो।

 


खडक जङ के.सी, कतार। तस्बिर: फेसबूक

 

कतार आएको ६ बर्ष भयो भनेर कुरा अगाडि बढाएका उनले कतार स्थित एक टायर पसलमा काम गर्ने बताए।  कस्तो छ कमाइ नि भनेर सोध्दा आफुले पाउने मार्सिक तलब, खर्चको बारेमा खुलेर बताउन नचाएका उनले आफ्नो नेपालमा श्रीमती र १ छोरा रहेको र परिवार सँग दैनिक जसो फोन, ईन्टरनेटमा कुरा हुने बताए । ६ बर्षको अवधीमा १ पटक मात्र नेपाल गएका उनी अर्को महिना नेपाल फर्कने भएका छन।

 


अर्को महिना नेपाल गएर फेरी कतार फर्कने योजनामा रहेका खडक के.सी आफुले राम्रो सँग नेपालको राजनीतिक बुझेको उल्लेख गरे। नयाँ सबिधान बनाउदा कतै देश सङियताको भुमरीमा जातिबादको राजनीतिकमा जाने हो कि भनेर डर लागिरहन्छ भनेर चिन्ता समेत व्यक्त गरे।

 


साथै जिल्लाबासी स्थानिय बिकास मन्त्री टोप बहादुर रायमाझीले जिल्लाको बिकासका लागि राम्रै गरेको थाहा पाएका उनी देशका नेताहरुले लामो समयको लागि सबिधान बनाउने कोशीस गरेका छैनन, खाली क्षणिक राजनीतिक गरेर कसैलाई फाईदा हुन्न, जनता कोही काङ्रेस, एमाले, माओबादी होइेनन, जनता नेपाली हुन भन्ने बारे सोच्नु पर्छ नेताले भनेर — — — उनले व्याख्या गरे ।

राज्यले लगानी गर्नु पर्‍यो, रहरले होइेन बाध्यताले नेपाली बिदेसनु परेको छ, उनै बिदेशीको नेपालमा कदर छैन हेपहा प्रविधी छ भनेर अनेकौ पक्षमा स्पष्ट कुरा व्यक्त गरेका उनले अर्घाखाँचीडट्कम हाम्रो फुलबारी हो हामी सबैले मलजल गरेर यसलाई सगरमाथाको उचाइमा पुराउनु पर्छ भनेर बताए। अर्घाखाँचीडट्कमले गरेका कामलाई सलुट गर्दै भविष्यमा पनि अझै ढ् णताका साथ काम गरोश र आवश्यक परेमा सहयोग गर्न तयार रहेको समेत जानकारी गराए।


र – – अर्घाखाँचीडट्कमले अन्य फेसबूकका आगन्तुकको चापका कारण उनीसँग कुरा छोट्टाएर बिदा भयो।


यसैक्रममा आबुधाबी, आबुधाबीबाट हुँ हेल्लो, हेल्लो भनेर कुरा सुरुवात गरेका नेत्र के.सी युएईको आबुधाबीबाट अन्लाईनमा बसेको बताए। जागिरको सिल सिलामा आएको, नेपालमा बसेर के गर्नु छ र ? क्याम्पस भर्ना भएर मात्र पढनै छोडेका नेत्रले दुबइ आएको ४ बर्ष भएको बताए। दुबइ बसाइमा चित् बुझेको बताएका उनले आफ्नो श्रीमती निशा के.सी पनि आफु सँगै आबुधावीमा बस्ने बताए। र उनकी श्रीमतीले पनि सँगै काम गर्ने बताए।

 


नेत्र के.सी युएई । तस्बिर: फेसबूक

 

नेपालमा बाबा, आमा, दाई, भाउजु र उनिहरुका छोरा- छोरी र आफ्नै २ छोरी रहेका बताउने उनी आफु कलाकार रहेको बताए। उनी अहिले पनि जन प्रगती सिल मन्चका कलाकार हुन। नेपालको राजनीतिक खतरमा पुग्ला जस्तो छ भनेर फिल्मी जवाफ दिएका उनले पुर्व बिद्रोही माओवादीले जुन उदेश्यले जनयुद्द गरेका हुन त्यो लक्ष्य पुरा नहुँदा बन्दुक बिसाउन अली गाह्रो भएको छ पार्टी २ धारमा गएको छ भनी बताए।

 

नेपालमा काम पाए भने खुशी भएर नेपाल आउन्छु, किनकी यहाँ बस्ने मन नै लाग्दैन भनेर बताउने उनी २ बर्षमा नेपाल फर्केर केही काम गर्ने योजना रहेको पनि उल्लेख गर्दै——- — अर्घाखाँचीडट्कमलाई धन्यवाद दिदै विदा भए।


 

यसैगरी डिभर्ना ३ भैंसीथलाका केशब थापा बहराइन आएको अहिले ३ बर्ष पुग्यो । विवाह गरेको १५ महिना भयो भन्ने केशवले बहराइन स्थित एक अलमुनियम को. निमा कार्यालयमा काम गर्छन्। आफ्नो सानो भाई नेपाल पुलिसमा रहेको बताउने उनले एस.एल.सी पास मात्र गरेको बताए।

 


केशब थापा बहराइन । । तस्बिर: फेसबूक

 


नेपालमा आफ्नो श्रीमतीको याद आईरन्छ भनेर बताउने उनले विदेशी लाईफ यस्तै छ २८ हजार बराबर कमाइन्छ भनेर राजनीतिक कुरालाई अगाडि बढाए। नेपालमा देश खत्तम पारे चोरहरुले, एउटा सबिधान बनाउन सकेका छैनन भनेर आक्रोश समेत व्यक्त गरे।

 


अर्घाखाँचीडट्कमबाट प्रकासित समाचार सामाग्रीहरु नेहेरी निद्रा नै लाग्दिन भनेर बताउने उनी अबको १ बर्षमा बिदा लिएर नेपाल फर्कने योजनामा छन । भने अर्घाखाँचीडट्कमलाई राम्रा – राम्रा तस्बिरहरु पनि प्रकासित गर्न अनुरोध गरे।

 

शायद बहराइनमा मध्य रात र उनको थकावटलाई महसुसु गर्दै अर्घाखाँचीडट्कम उनीसँग बिदा भयो।

 

 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.