– प्रेमनारायण आचार्य
अर्घाखाँची २३ पौस । संगठन बिस्तारका लागि नेपाल दलित संघ जिल्ला कार्य समिति अर्घाखाँचीले आज देखि २ महिने जागरण अभियान सुरु गरेको छ ।
बिपि स्मृती भबन सन्धिखर्कमा आज एक कार्यक्रम गरि दलित संघको २ महिने जागरण अभियानका बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले दलित संघले संचालन गरेको यो अभियानले पाटीको संगठनलाई समेत टेवा पुग्ने बताउनु भयो । उहाले काग्रेसले दलितहरुलाई पहिले देखिनै अग्र पंत्तीमा राखेको बताउदै दलितका सवालमा काग्रेस सधैभर लडिरहने बताउनु भएको छ ।
कार्यक्रमका दलित संघका केन्द्रिय प्रतिनिधि टिकाराम गहतराजले दलितका सवालमा सबै दलितहरु राजनितिक र ब्यक्तिगत स्वार्थ त्यागेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सचिब अधिबक्ता बासुदेब आचार्यले दलित संघको यो अभियानले काग्रेसको संगठन सुदृढीकरणमा ढुलो सहयोग हुने बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष हरिबहादुर खड्काले काग्रेस स्थापना कालदेखिनै दलितको पक्षमा रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद खनाल दलित संघका केन्द्रिय उपाध्यक्ष कमल बिक केन्द्यि सदस्य नन्दलाल बिक लोकेन्द्र बिक रबि बिक क्षेत्रिय सभापति मणिराम पौडेल सचिब नन्दलाल बिक तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनाल नेबिसंघका जिल्ला सचिब युबराज पाण्डे भुपु स्निक संघका रामबहादुर परियार प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्यप्रसाद भुसाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य्र काग्रेस गाँउ कार्य समितिका सभापतिहरु बिष्णु भुसाल बिष्णु अर्याल लगायतले दलित संघले संचालन गरेको जागरण अधियानले दलितका साझा समस्या समेट्न महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए ।
कार्यक्रम दलित संघका जिल्ला सभापति मणिराम परियारको अध्यक्षता ज्ञानबहादुर बिकको स्वागत मन्तब्य र पि्रतम दलितको संचालनमा सम्पन्न भएको थियो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.