नवलपरासी । चितवनमा रहेका दुई ठूला अस्पतालले एच.आई.भी.अर्थात एड्स रोगबाट सँक्रमितको उपचार गर्न नमाने पछि पीडितले झनै समस्या भोग्नु परेको छ । भरतपुर अस्पताल र कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरले एचआईभी सँक्रमितको खुट्टाको उपचार गर्न नमाने पछि समस्या परेको हो ।
बाग्लुङ् घरभई नवलपरासीको वेल्डीया छोरीको घरमा आउनु भएकी ४८ वर्षीय थेरमायाँ नेपालीको रगतमा एचआईभी सँक्रमण देखिएपछि अस्पतलले उपचार गर्न नमानेका हुन् ।
छोरीको घर आउनु भएकी नेपालीलाई नारायणी यातायात व्यावसायीको बसले ठक्कर दिई खट्टा भाँच्चिएर गत पुस