काग्रेस अजुर्ननरसिंह केसी सन्धिखर्कमा, सरकारको नेतृत्व परिवर्नत हुने दावी


 

– नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा आज आइतवार बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले सरकार ढलाउने पक्षमा काग्रेस नभई शान्ती प्रकृया निस्कर्षमा पुरोउने पक्षमा काग्रेस रहेको बताए । पत्रकार सम्मेलन प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्यप्रसाद भुसालको अध्यक्षता केन्द्यि पास्रद प्रेमनारायण आचार्यको संचालन र कोषाध्यक्ष असोक पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

 

– वीरेन्द्र केसी


अर्घाखाँची – नेपाली काग्रेस केन्द्रिय सदस्य अजुर्ननरसिंह केसीले माओवादीले शान्ति प्रकि्रया पुरा गर्न र संविधान निर्माण प्रति ईमान्दारिता पालना नगरेकाले सरकारको नेतृत्व परिवर्नत हुने दावी गरेका छन ।  उनले माओवादीले वैधानिक संविधानबाट सत्ता कब्जा गरी अधिनायकवाद लादन खोजेको संकेत देखिएकाले लोकतन्त्रलाई बचाईराख्न अब सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

 



पार्टी कार्यकर्ता भेटघाटका लागि आईतवार सन्धिखर्क आएका केसीसँग प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीले र एमालेले दुई-दुई पटकसम्म सरकारको नेतृत्व गरेकाले अब काग्रेसले नेतृत्व गर्ने पालो स्वत भएको र त्यसको विकल्प नभएको दावी गरे । अब काग्रेस माओवादीको नेतृत्वमा सरकारमा जाँदैन उनले भने बखेडा झिके नेतृत्व स्वत परिवर्तन हुन्छ ।  माओवादीले ७ र ६ बुँदे सहमती कार्यन्यवन गरेनु उनले भने उल्टै नयाँ माग र अभिव्यक्ति दिएकाले यसप्रति काग्रेस गंभिर छ । माआवादी शान्ति र संविधान निर्माणप्रति बाधक बनेको छ उनले भने विगतमा भएका सम्झौता कब्जा घरजग्गा फिर्ता वाईसिएलको अर्धसैनिक संरचना भंग लगायतका सहमती पटक्कै लागु गरेन । 

 



बन्दुकबाट संविधान बने लोकतन्त्र नहुने भएकाले काग्रेसले २००७ सालबाट लोकतन्त्रको लागि लडदै आएकाले लोकतन्त्रमा कसैसँग सम्झौता हुदैन केसीले भने झापामा मान्छे मारेर स्थापित भएको एमाले पनि लोकतान्त्रिक प्रकि्रयामा आईसकेकाले अब पनि माओवादीले जनविद्रोह र बन्दुकबाट सत्ता कब्जा गर्ने सपना देख्नु त्यो आत्महत्या गर्नु हो जनवादी आजको २१ औं शताब्दीमा संभव छैन । माओवादीलाई जंगलबाट शान्ति र लोकतान्त्रिक मार्गमा काग्रेसले नै ल्याएको स्मरण गर्दै काग्रेसलाई दुश्मन देखे राणा देखि राजासम्म समाप्त भैसकेकाले अब कसैले काग्रेसलाई दुश्मन देख्छ भने उ पनि समाप्त भएर जाने केसीको भनाई छ । माओवादीलाई मेरो आग्रह छ केसीले भने हामि जस्तै पार्टी बन लोकतान्त्रिक प्रकि्रयामा आउ जनताले जसलाई विश्वास गर्छन त्यसैले जित्छ । उनले माओवादीले मागे जस्तो सेनाको पदमा समायोजन गर्न सकिदैन उनले भने सेनाको मापदण्ड अनुसारै हुन्छ । 

 



४ हजार लडाकुको ठाउँमा लचकता अपनाएर ६५ सय समायोजनामा सहमती जनाएकाले अब माओवादीले साना तिना कुरामा भाँजो हालेर शान्ति प्रकि्रया र संविधान निर्माणमा हलो अडकाउने काम गर्न नहुने केसीको भनाई छ । उनले संविधान सभाको म्याद नथप्ने सर्वाच्चको निर्णयको काग्रेसले सम्मान गर्ने बताए । उनले जातीयताको आधारमा संघीयतामा देश विभाजन हुने नसक्ने बताए ।

 

पत्रकार सम्मेलन युनियनका अध्यक्ष सुर्यप्रसाद भुसालको अध्यक्षता प्रेम आचार्यको संचालन र अशोक पौडेलको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सभापति कमलप्रसाद भुसाल सचिव वासुदेव आचार्य लगायतका काग्रेसका  नेताहरुको उपस्थित रहेको थियो । 

 

( Prem Narayan Acharya in Arghakhanchi contributed to this report)

 

 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.