पूर्व राष्ट्रपति परवेज मुशर्रफले यही महिनाको अन्त्यमा पाकिस्तान फर्कने

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले यही महिनाको अन्त्यमा पाकिस्तान फर्कने जनाएका छन् ।

 

पाकिस्तानको कराँचीमा भिडीयो सन्देश मार्फत उनले आफू स्वदेश फर्कने घोषणा गर्दै आगामी आम चुनावमा भाग लिने घोषणा गरेका छन् । हाल दुबईमा निर्वासनमा रहेका अल पाकिस्तान मुश्लिम लीगका अध्यक्ष मुर्शरफले आफना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पाकिस्तान सरकारको आलोचना गरे ।

 

मुशर्रफमाथि पाकिस्तान सरकारले पाकिस्तानका प्रधानमन्त्री बेनजीर भुट्टो हत्यामा संलग्न भएको अभियोग लगाएको थियो भने उनी पाकिस्तान फर्केमा गिरफ्तार गर्ने चेतावनी समेत दिएको थियो । १८ अक्टोबर सन् २००७ मा पाकिस्तानका प्रधानमन्त्री बेनजीर भुट्टोको चुनाव प्रचारका क्रममा हत्या भएको थियो । सोही हत्या काण्डका बेला राष्ट्रपति पदमा रहेका मुशर्रफमाथि हत्याको अभिभोगको आरोप लागेको थियो ।