कहा छौ बुद्ध तिमी


– मिना भट्टराई

पाल्पा

हाल काठमाण्डौ


गणतन्त्र आयो देशमा भन्छन तर

गणतन्त्रको अनुभूति हुन नसकेको यो परिवेशमा 
देश र बिदेशमा समेत तिम्रै चर्चा हुँदा
तिमी कहाँ छौ बुद्ध  उठ जाग अनि आऊ

दया माँया र सत्यको ज्ञान सिकाऊ ।


त्रासै त्रास छ जनमानसमा 
अपहरण फिरौती अनि फेरी मृत्युको कहाली लाग्दो यो परिवेशमा

देश र बिदेशमा समेत तिम्रै चर्चा हुँदा
तिमी कहाँ छौ बुद्ध  उठ जाग अनि आऊ

मानवतामा नैतिकताको पाठ सिकाऊ ।


पानी वत्ति तेल र डिजेल केही छैन देशमा
जताततै हाहाकार र अनिकाल छाएको यो परिवेशमा 
देश र बिदेशमा समेत तिम्रै चर्चा हुँदा

तिमी कहाँ छौ बुद्ध  उठ जाग अनि आऊ

दया माँया र सत्यको ज्ञान सिकाऊ ।


नैतिकता भन्ने छैन कसैमा यहाँ
चोरी डकैती हत्या र िहंसा बढेको यो परिवेशमा
देश र बिदेशमा समेत तिम्रै चर्चा हुँदा

तिमी कहाँ छौ बुद्ध  उठ जाग अनि आऊ
नेपाल र नेपालीको अस्तित्व बचाऊ ।