मलेशियामा समलिङ्गी सम्बन्ध राखेको आरोप खेप्दै आएका विपक्षी नेता अनबर इब्राहिम अदालतले सफाई पाएका छन् । ६४ वर्षीय अनवरमाथि आफ्ना पूर्व सहयोगीसंग सम्बन्ध राखेको आरोप लागेको थियो । दुई वर्ष सम्म चलेको मुद्धाको सुनुवाईपछि फैसला दिंदै क्वालालम्पुरको अदालतले डिएनएको प्रमाण विश्वासयोग्य नभएको भन्दै अनवरलाई सफाई दिएको हो । प्रमाणको अभावमा दोषी प्रमाणित गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ ।
अनबरले आफु लगाइएको आरोप अस्वीकार गर्दै त्यसलाई राजनीति प्रेरित बताउदै आएका थिए । अनबर दोषी प्रमाणित भएको भए उनले २० वर्षको जेल सजाय भोग्नु पर्ने थियो । सन् २००८ को चुनावको केही समयपछि नै पूर्व उपप्रधानमन्त्री अनबरमाथि समलैंगिकताको आरोप लगाइएको थियो । भ्रष्टाचारको आरोपमा अनबर ६ वर्षको जेल सजाय काटेर सन् २००४ मा रिहा भएका थिए ।
मलेसियामा सत्तारुढ दल विगत ५० वर्षदेखि सत्तामा छ र सन् २०१३ मा हुने चुनावमा अनबर मात्रै चुनौति दिने एक मात्र नेताको रुपमा हेरिएको छ ।