यो केन्द्रको सुरक्षा इरानी सेनाले गरेको बताइएको छ । अमेरिका र इजरायलले इरानको परमाणु केन्द्रमा आक्रमण गर्ने विषयलाई अस्वीकार गरेका छैनन् । तर ईरानका सर्वोच्च धार्मिक नेता आयतुल्ला अली खुमेनीले ईरान पश्चिमी देशहरुको दबाबमा नझुक्ने स्पष्ट पार्नु भएको छ । ईरानले यसअघि नै शान्तिपूर्ण उद्धेश्यका लागि युरेनियम संवद्र्धनको काम शुरु गर्ने योजना रहेको जनाएको थियो । ईरानले सन् २००७ मा नै यो परियोजनाको काम शुरु गरेको जनाए पनि आईएईएले भने यहां सन् २००६ मा नै काम शुरु भैसकेको जनाएको छ । तर अमेरिका लगायतका पश्चिमा मुलुहकहरुले भने इरान परमाणु हतियार विकास गर्ने प्रयासमा रहेको दाबी ग-र्दै आएका छन् ।
ईरानको परमाणु कार्यक्रमलाई लिएर अमेरिका र युरोपेली संघले ईरानको तेल निर्यातमा प्रतिबन्ध लगाइरहेका बेला विकसित पछिल्लो घटनाले ईरान र पश्चिमा मुलुकहरुबीचको सम्बन्ध झन तनाबपूर्ण बन्ने आशंका गरिएको छ ।