पाकिस्तानको उत्तर पश्चिम आदिबासी जमरुद क्षेत्रको एक बस स्टेसन नजिक कार बम बिस्फोट हुँदा कम्तीमा २५ जना मारिएका छन् । बिस्फोटबाट ३० जना घाइते भएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । बिस्फोटमा परी थुप्रैं गाडी ध्वस्त भएका छन् । कबायली क्षेत्रको ब्यस्त बजारमा मानिसहरु किनमेलका लागि भेला भएको बेला पार्किङमा रहेको गाडी बिस्फोट भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानमा पछिल्लो समय बिस्फोटका घटनामा बृद्धि भएको छ । केही साता अघि सोही क्षेत्रको पहाडी इलाकामा अज्ञात समूहद्धारा हत्या गरिएका १५ सैनिकको शव फेला परेको थियो ।