सिरियका राष्ट्रपति बशर अल असदले सिरियामा बिदेशी षडयन्त्रका कारण अस्थीरताको भएको आरोप लगाए लगत्तै अमेरिका र फ्रान्सको उनको आरोपको खण्डन गरेका छन् ।
अमेरिकी बिदेश मन्त्रालयले राष्ट्रपति असदले आफू चोखिनका लागि अन्य मुलुकलाई दोष दिन नाजायज कदम भएको असदको आरोप आफूहरुलाई मान्य नभएको जनाएको छ ।
यसैगरी फ्रान्सको बिदेश मन्त्रालयले पनि असदको आरोप वास्तवमा झूठ भएकोले यसलाई सच्याउन असदलाई सुझ्याएका छन् । यसअघि सिरियाली राष्ट्रपति बशर अल असदले सिरियाको स्थिती अस्थिर हुनुमा बिदेषीको हात रहेको र बिदेशी मुलुकको षडयन्त्रले गर्दा सिरियाली जनता आफनो बिरोधमा लागेको बताएका थिए ।
सिरियाली जनतालाई सम्बोधन गर्ने क्रममा असदले क्षेत्रिय र अन्तराष्ट्रिय पक्षले मुलुकलाई अस्थिर बनाउन खोजेको जनाएका छन् । साथै असदले बिदेशीसंग मिलेर मुलुकबिरुद्ध काम गर्नेलाई नछोड्ने चेतावनी समेत दिएका थिए ।