नाइजेरियाको उत्तरी योवे राज्यको बोटिस्कुम शहरमा बन्धुकधारीले एउटा बारमा अन्धाधुन्ध गोली चलाउदां कम्तिमा आठ जना मारिएका छन् । मारिनेमा चार प्रहरी अधिकृत समेत रहेको अधिकारीहरुले जनाएका छन् ।
सरकारले ईस्लामिक लडाकु समूह बोको हरामले आक्रमण गराएको आरोप लगाएको छ । बारमा गरिएको आक्रमण अघि क्रिश्चियन समुदायको बाहुल्यता रहेको बेनिन शहरको मस्जिद र ईस्लामिक स्कुलमा गरिएको आक्रमणमा कम्तिमा पांच जना मारिएका थिए ।
सरकारले बोको हरामको गतिविधि बढेपछि योवे लगायतका शहरमा आपतकालीन स्थितिको घोषणा गरिसकेको छ । बोको हरामले क्रिश्चियन समुदायलाई लक्षित गरी आक्रमण तिब्र बनाएपछि उत्तरी क्षेत्रबाट क्रिश्चियनहरु पलायन हुने क्रम बढ्दो छ ।
यता सरकारले इन्धनमा दिंदै आएको अनुदान कटौति गरेपछि चर्किएको देशव्यापी विरोध प्रदर्शनमा ६ जना मारिईसकेका छन् ।