सन्धिखर्कमा गाँउ परिषद सुरु

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २८ पौस । अर्घाखाँचीको सदरमुकाम रहेको सन्धिखर्क गाविसको १६ औ गाँउ परिषद  सुरु भएको छ ।


परिषदको आज एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरेले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा मन्तबय राख्दै प्रमुख जिल्ला अधिकारी  घिमिरेले जिल्लामा भएको ब्यापक सार्बजनिक जग्गा अतिक्रमण भएको बताउदै नियन्त्रण गर्न सबैले सहयोग गर्नु पर्ने बतायनु भयो । उहाले योजना छनाट गर्दा दीर्घकालिन प्रकृतीको गर्नुपर्नेमा जोड दिदै स्वच्छ सन्धिखर्क बनाउन सबैले पहल गर्नु पर्ने बताउनु भयो । 


कार्यक्रममा स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल उकिकृत नेकपा माओवादीका छमकुमारी खनाल  नेपालि काग्रेस सन्धिखर्कका सभापति नेत्रप्रसाद भटराई नेकपा एमालेका मोतीजंग रायमाझि राष्ट्रिय जनमोर्चाका सागर केसी राप्रपाका देबीबहादुर खड्का नेकपा एकिकृतका डिलाराम पाण्डे  बजार सुधार समितिका अध्यक्ष नारायण प्रसाद बनजाडे उद्योग वाणिज्य संघका जिल्ला सचिब नेत्रप्रसाद भुसाल  रेडक्रसका मन्त्री बाबुराम पन्थि नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य   जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष  बिष्णुहरी भुसाल  लगायतले गाँउ परिषदको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 


कार्यक्रममा आर्थिक बर्ष २०६७ ६८ को आम्दानी सरकारी अनुदान तथा गाविसको आन्तरिक आम्दानी गरि कुल ९३ लाख ४८ हजार ३ सय ३९ बराबरको बाषिृक आय ब्यय गाबिस सचिब जीबनारायण आचार्यले प्रस्तुत गर्नु भएको थियो । 


कार्यक्रम गाविस सचिब जीबनारायण आचार्यको सभापतित्व र नारायण पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.