पाकिस्तानी सेनालाई दवावमा राख्न अमेरिकासँग मद्धत मागेको भनिएको मेमोलाई लिएर पाकिस्तानमा सरकार र सेनाबीच विवाद चर्किएको छ । प्रधानमन्त्री युसुफ रजा गिलानीले पद दुरुपयोग गरेको आरोपमा बुधबार सेनानिकट रक्षासचिव नइम खालिद लोधीलाई हटाएका छन् । सेनाले मेमो प्रकरणले गम्भीर परिणाम ल्याउने चेतावनी दिएलगत्तै प्रधानमन्त्री गिलानीले रक्षासचिवलाई हटाएका हुन् ।
नागरिक सरकार र सेनाबीच पुलको काम गरिरहेका लोधी अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन् । उनको स्थानमा गिलानीले आफूनिकट क्याविनेट सचिव नर्गिस सेथीलाई लगेका छन् । गत सोमबारमात्र एक चिनियाँ अखबारलाई अन्तर्वार्ता दिँदै गिलानीले सेना प्रमुख अस्फाफ पर्वेज कयानी र गुप्तचर प्रमुख अहमद सुजा पासाले संविधान विपरित काम गरिरहेको आरोप लगाएका थिए । त्यतिबेला कयानी चीन भ्रमणमा थिए ।
यसलाई सेनाले आफ्नो छवि धमिल्याउने षड्यन्त्र ठानेको छ । मेमो प्रकरणमा सरकारी अनुमतिविनै सेनाले अदालतमा बमपत्र बुझाएपछि गिलानी क्रुद्ध बनेका हुन् । सेनाले पनि प्रधानमन्त्रीको भनाइले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएको छ । सेना र गुप्तचर प्रमुखविरुद्ध प्रधानमन्त्रीले लगाएको अरोप योभन्दा थप गम्भीर हुन सक्दैन, सेनाको टिप्पणी छ ।
प्रधानसेनापति कयानी चीन भ्रमणबाट फर्किए लगत्तै जारी विज्ञप्तिमा संविधान उल्लंघन भएको भन्दै अधिकृतहरुमाथि दुर्भाग्यपूर्ण अभियोग लगाइएको उल्लेख छ । गत डिसेम्बर १५ मा मेमोेट सर्वोच्च अदालतमा सुनुवाइका क्रममा लोधीले पाकिस्तानी सेना र गुप्तचर निकाय (आईएसआई) मा रक्षा मन्त्रालयको कुनै नियन्त्रण नरहेको बताएका थिए । उनको यस भनाइको सरकारले कडा प्रतिक्रिया जनाएको थियो । ६ दशकको इतिहास भएको पाकिस्तनमा सेनाले पटक