नेताजी चलाउदै छौ सत्ता


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

नेताजी  तिमि त भयौ त बेपत्ता, चलाउदै छौ त सत्ता

जनताको मतले चुनाब जितेथ्यौ के कति खान्छौ भत्ता


प्रहरी प्रसासन तिम्रैछ सासन  जनतालाई चै कुसासन


तिम्रै छ भ्रमण  तिम्रै छ आसन  जनतालाई  खै रासन


 


देशको ढुकुटी रित्याई तिमीले के खान्छौ भ्रमण भत्ता


महंगी बढायौ भ्रस्टाचार गरायौ जनता लाई खै  लत्ता


कर र भ्याटको रकम उठाई   खै गरेको  देश विकास


भिख माग्न विदेश जादैछौ बारबार  गर्दैछौ अरुको आस


 


शान्ति  र संबिधान सबैको  माग सबको एकै नारा


दुराचारी ,  भ्रस्टाचारी कोहि चै  भयौ   ज्यानमारा


भयौ सत्ता भोगी बिदेशीको आखामा माग्ने जोगी


जनताहरुलाई चै पार्यौ  सदै  बिदेशीको ऋणको रोगी