शुल्क वृद्धि गरेको भन्दै खाँदबारी क्याम्पसमा अनिश्चितकालीन तालावन्दी

– दीपेन्द्र शाक्य

 

खाँदबारी, पुस २९ – सहमतिबिना व्यावस्थापन समितिले शुल्क वृद्धि गरेको भन्दै तीन विद्यार्थी संगठनहरुले संखुवासभा सदरमुकाम स्थित बरुण बहुमुखी क्याम्पस खाँदबारीमा अनिश्चितकालीन तालावन्दी गरेका छन् । क्याम्पस व्यावस्थापन समितिले गत साउन २३ गते विद्यार्थी संगठनहरुको सहमति बिना सबै तह र संकायमा भर्ना शुल्क र मासिक शुल्कमा वृद्धि गरेको बिरोधमा शुक्रबार उनीहरुले ताला लगाएका हुन । स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा लगाइको तालामा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूले साथ दिएका छन् । समस्या समाधानका लागि सम्बन्धीत पक्षवीच वार्ता भए पनि सहमति हुन सकेको छैन ।

दुवैपक्ष आ-आ