तिमी फुल्यौ भन्ज्यांग पारी


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

तिमी फुल्यौ भन्ज्यांग पारी म चै  परे वारी

त्यो भन्ज्यांगको बिचमा पर्यो ठुलो काडा घारी !


 काडा काटी आउ भन्दा च्यात्ला तिम्रो सारी


 कसरि पो दिन रात काट्नु तिम्लाई माया मारी  !!


 


आउनै परे म नै आउछु त्यो काडालाई काटी


सुनको औठी ल्याई  दिउला  भैसी संग साटी !


अनि  संगै बसौला है त्यहिँ मंगलबार  राती


देउरालीलाई चढाउला है दुवै मिलि फुल पाती !!


 


जुनकिरीको उजेलोलाई पछ्याउदै म  आउछु


जति कस्ट भएपनि तिम्लाई पाउन धाउछु !


मेरो लागि तिमी पनि कुर्छौ होलि मैन बाली


तिमी मेरी हुन्छौ की  पक्कै पनि यस पाली !!