वासिंटनले वर्मासंग पून राजदूत स्तरको सम्बन्ध स्थापित गर्ने घोषणा

अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले वासिंटनले वर्मासंग पून राजदूत स्तरको सम्बन्ध स्थापित गर्ने घोषणा गर्नुभएको छ । वर्मामा छ सय भन्दा बढी राजनीतिक बन्दी रिहा भए लगत्तै अमेरिकी विदेशमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो । चांडै नै बर्माका लागि अमेरिकी राजदूत नियुक्त गर्ने जानकारी दिंदै क्लिन्टनले राजनीतिक सम्बन्ध सामान्य प्रक्रियामा ल्याउन भने वर्मामा हुने सुधारका कदमहरुमा निर्भर रहने स्पष्ट पार्नु भयो ।


सन् १९९० मा सैनिक शासकले आङ साङ सुचीको नेशनल लीग फर डेमोक्रेसी पार्टीले चुनाव जिते पनि सत्ता सुम्पन अस्वीकार गरेपछि वासिंटनले वर्माबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि वर्माको पछिल्लो कदम महत्पूर्ण भएको बताउनु भएको छ । ओबामाले आफ्ना सहयागीहरुलाई वर्मासंग विश्वास बढाउन थप कदम चाल्न पनि निर्देशन दिनु भएको छ । पश्चिमा मुलुहरुले बर्मा माथि लागेको आर्थिक लगायतका विभिन्न प्रतिबन्ध हटाउन राजनीतिक बन्दी रिहाई मुख्य शर्तको रुपमा राख्दै आएका थिए । बर्मामा सैनिक सरकारको सहयोगमा बनेको सरकारले चालेको पछिल्ला कदम राजनीतिक सुधार र लोकतन्त्रको दिशामा महत्वपूर्ण मानिन्छ ।