माघे सङ्क्रान्ति पर्व सन्धिखर्क लगायत अर्घाखाँचीभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइँदै

सन्धिखर्क, अर्घाखाँची – हिन्दु धर्मालम्वीहरुको पवित्र चाड माघे सङ्क्रान्तिका अवसरमा सन्धिखर्क लगायत जिल्लाभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइँदै छ ।

 



[img20100114141911.jpg]

चुत्राबेसी स्थित बागिखोला । तस्विर अर्घाखाँचीडट्कम्

 


त्यस्तै माघे सङ्क्रान्तिकै अवसरमा सन्धिखर्कस्थित बागिखोला र जिल्लाका गाउँ-घर नजिक रहेका खोलाहरुमा पनि स्नान गर्न अर्घाखाँचीबासी भक्तजनहरूको आइतवार बिहानैदेखि घुइँचो लागेको छ ।

 



सन्धिखर्क, चुत्राबेसी बजारमा सयौ धर्मालम्वीहरुको घुँइचो लागेको छ ।

 



यसवर्षको मकर सक्रान्तिमा अर्घाखाँचीबाट समेत हजारौँको सख्यामा तिर्थालु भक्तजनहरुले रिडीको कालीगण्डकी नदीमा स्नान गर्ने, अर्घ दिने र सुर्यको दर्शन गर्न त्यहाँ पुगेका छन । अर्घाखाँची, गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थलको रुपमा रहेको रिडीमा माघे सङ्क्रान्तिको विहानैदेखि दर्शनार्थीहरुको निक्कै घुईँचो लागेको छ ।

 


[img20100116091343.jpg]

रिडीमा माघे सङ्क्रान्ति । तस्विर अर्घाखाँचीडट्कम्

 


गाउँघरमा यो माघे सङ्क्रान्ति पर्वमा घिउ, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाइएको खिचडी खाने चलन छ ।

 

विशेषगरी घिउ र चाकु खाने भएकाले नेपालभाषामा ‘घिउ, चाकु सँल्हु’ भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीका साथै ‘यलय् पलः ९पाटने पालुङ्ग)’ भनिने एक प्रकारको लामो खालको मालुङ्ग खाने चलन छ ।

 

यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश हुने र सूर्य उत्तरायण हुने भएकाले यस संक्रान्तिलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । यस पर्वमा जीउभरि तेल घसेर घाम ताप्ने पनि चलन छ । यस पर्वमा परिवारका मूली वा आमाले आफ्ना छोराछोरीलाई तालुमा तेल हालिदिने पनि गर्दछन् र विभिन्न नदी तीर्थमा स्नान गर्ने गर्दछन् ।

 

                          अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.