मसिरमा स्थानीय निकायको चुनाव : रायमाझी

– वीरेन्द्र केसी



अर्घाखाँची डेस्क – स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले मंसिर भित्र स्थानीय निकायको चुनाव गर्ने तयारीमा मन्त्रालय रहेको बताए। 

 

रिपोर्र्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै र्सवदलीय संयन्त्र खारेज नगर्दा सर्वोच्चले दिएको आदेश पालना नगर्दा पछि अप्ठयारो पर्ने भएकाले दलीय संयन्त्र खारेज गर्न बाध्य भएका हौ, उनले भने, एक दुई दिनमा चुनाव नहुँदासम्म कसरी सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लाग्छ । 



त्यसको लागि मापदण्ड बनाउन विधि र प्रक्रिया बनाएर विकास गरिन्छ । उनले जनसहभागीतामा परिचालनको लागि २० करोड पैसा माओवादी कार्यकर्तालाई बाडन छुटयाईएको भन्ने हल्ला आयोगले नै मन्त्रीलाई विवादमा पारेको दावी गरे । जनसहभागीतामा हुने कार्यक्रम विघटन गर्नुपर्छ, माओवादी स्थायी समिति सदस्य समेत रहेका मन्त्री रायमाझीले भने, स्थानीय निकायलाई बलियो बनाउनुपर्छ । उनले दलीय संयन्त्रले भष्टचार गरेको देखिए त्यस्तो पार्टी कार्यकर्ता र कर्मचारीलाई कारवाही गर्ने बताए ।



कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य एवं सभासद पुष्पा भुसालले पहिला शान्ति प्रक्रिया पुरा गर्न र संविधान निर्माणको लागि पार्टी भित्र रहेको बताईन । उनले राष्टिय सहमतीय सरकारको लागि सरकारको नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको दावी गरिन । 



कार्यक्रम क्लवका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र सहसचिव गणेश खनालको सञ्चालनमा सम्पन्न कायृक्रममा माओवादी जिल्लार् इन्चार्ज चन्द्र बहादुर खडका, काग्रेस सभापति कमल प्रसाद भुसाल, एमाले राष्टिय प्रतिनिधि परिषद सदस्य पिताम्बर भुसाल, राजमोका केन्द्रिय सदस्य सागर केसी, एकीकृतकी जिल्लार् इन्चार्ज यमुना भुसाल, काग्रेसका प्रभावशाली नेता विष्णु मुस्कान, नरपानी आन्दोलन रोक्का संघर्ष समितिका संयोजक पदम केसी, प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला अस्पताल प्रमुख डा.चित्र प्रसाद शर्मा वाग्ले लगायतको उपस्थिति रहेको थियो । 



कार्यक्रममा तीन महिना देखि बन्द हुदै आएको नरपानी चुनढुंगा उत्खनन कार्य विशेषज्ञ, र्सवदलीय नेतृत्व र सरोकारवालाहरु बीच अनुगमन गरेर खानी खोल्ने या बन्द गरे भन्नेमा निर्णय गर्नुपर्ने अधिकाश वक्ताहरुले बताए । नरपानीका गाउलेले खानेपानीको मुहान सुकेको भन्दै तीन महिनादेखि आन्दोलनमा उत्रिएर खाने उत्खननमा रोक लगाएपछि बन्द भएको छ ।

 

                          अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.