अर्घाखाँचीमा सास्कृतिक कार्यक्रम हुँदै (तस्विर सहित)

 – उमाकान्त पाण्डे गाउंले 



अर्घाखाँची – सन्धीखर्क – अर्घाखाँची को सन्धिखर्क स्थित शान्ती बगैचामा राष्ट्रिय लोक तथा डोहोरी गीत प्रतिस्ठानको आयोजनामा आज माघे सक्रान्ती बिशेष रास्ट्रिय स्तरको भब्य सास्कृतिक कार्यक्रम सन्चालन भई रहेको छ । 



सन्धिखर्कको मुटु मानिने शान्ती बगैचामा यतिबेला १५ सय भन्दा बढी दर्शकको उपस्थितीमा भब्य सास्कृतिक कार्यक्रम भईरहेको छ । कार्यक्रममा नेपालका रास्ट्रिय स्तरका दर्जनौ कलाकारको उपस्थिती छ । यतिबेला कलाकार कुलेन्द्र बिकले आफ्नो डाँडै फुर्के नामक गिती एल्बमका गीत पस्किएका छन। उता रामकृष्ण ढकाल – टिका पुन – जीवन परीयार लगायतका कैयौ कलाकारको प्रस्तुती बाँकी छ । 



कार्यक्रममा अर्घाखाँची डट्कम् विश्व भर प्रत्यक्ष प्रसारण गरिरहेको छ । डट्कम् को प्राबिधिक बिभागका अनुसार हजारौ दर्शकले देश बिदेश बाट कार्यक्रमको अबलोकन गरिरहेका छन। 



प्रत्यक्ष प्रसारणमा डट्कम् प्रमुख – बिदेश बिभाग प्रमुख उमाकान्त पाण्डे गाउले – बिरेन्द्र केसी, तथा अन्य सहयोगी संचारकर्मीको साथ वेबसाइटले पाइ रहेको छ । थप विवरण का साथ बिशेष भिडियो र तस्विर लिएर हामी छिट्टै आउने छौ। 



कार्यक्रममा आइटी तथा इन्टरनेट सहयोग वल्डलिकं भैंरहवा कम्युनिकेशनका राजन आचार्य , डट्कम् जिल्ला सहयोगीहरु : प्रदिप नेपाली,दिनेश बि.क.,सहयोगी बि.सी.,प्रेम नारायण आचार्य – गणेश खनाल, शोभाखर पन्थी , लगायत जिल्लाका संचारकर्मी सबैले डट्कम् को प्रत्यक्ष प्रसारण गर्नका लागि सहयोग गरिरहेका छन।



केही कमिकमजोरी भए तुरुन्त संपर्क गरी सल्लाह सुझाब दिनु हुन अनुरोध गर्दछौ।यतिबेला देश बिदेशमा रहेका अर्घाखाँचीका युवाहरुले हामीलाई फोन मार्फत संपर्क गरिरहेका छन। दुबइ – साउदी – कतार – भारत लगायतका मुलुक बाट हामीलाई 9804400609 मा संपर्क गरिरहनु भएको छ।

 

 अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.