– अ के ला
आचारसंहिता अनुशासन पारदर्शिता सुशासन आदि ईत्यादी हामीकहाँ अनेकौं ओजश्वी या तेजश्वी या ओजिला या मिठाश शब्दहरु छन् । वास्तवमै यी शब्दहरु यति ओजश्वी छन् कि यसको उच्चारण मात्रले पनि पात्रहरु ओजश्वी बनेका छन् तेजश्वी बनेका छन् सुकेको पैं को लौरो जस्तै पात्रहरु पनि मोटाएर गैंडाझैं ओजिला बनेका छन् र योगशिविर धाउन बाध्य छन् । सायद यही भएर होला यी शब्दहरु आजकल डष्टबिन या फुटपाथ या नगरपालिकाका कन्टेनरहरुमा बढी देखिनथालेका छन् ।
देशका पछाडि परेका समूहहरुलाइ उकास्ने नीति छ आधार र मापदण्ड छ । तर यी नीति आधार र मापदण्ड यस्ता छन् कि पात्रहरु सिर्फ साक्षी मात्र बनेर मूकदर्शक बन्नुपर्ने अवस्था छ । आश्चर्य त यसमा छ कि आफ्नो वर्गको उत्थान र विकास गर्न भन्दै तिघ्रामा तेल लगाएर आउने प्रतिनिधिहरुलाइ न आफ्नो वर्गको उत्थान र विकासवारेको नीति सम्बन्धी ज्ञान छ न आधारवारे कुनै आईडिया छ न त छ मापदण्डवारे कुनै दूरगामी दृष्टि नै जसको माध्यमद्वारा उसले आफ्नो वर्गको उत्थान र विकास गर्नसकोस ।
आफ्नो पिठो बेच्न केसम्म गर्न मिल्छ केसम्म गर्न मिल्दैन कुन हदसम्म जान हुन्छ कुन हदसम्म जान हुँदैन भन्ने कुराको मापदण्ड नभएकाले ढुस्सी परेर डल्लो परेको पिठो बेच्न जुनसुकै र जस्तोसुकै हद पार गर्न हामी पछि हट्दैनौं । हट्ने पनि किन पछि केका लागि हट्ने कसका लागि हट्ने नदीनालासंग १६ घण्टे अँधेरी रात साट्न हुने राष्ट्र र राष्ट्रियता राष्ट्रको गोपनियतासंग दलीय र व्यक्तिवादी अभिष्ट साट्न र बेच्न पछि नहटिने देशमा आफ्नो पिठो बेच्नकै लागि कोही किन पछि हट्ने केका लागि हट्ने कसका लागि हट्ने सायद यही एउटा सवालमा मात्र नेपालीको सामुहिक प्रतिवद्धता कटिवद्धता छ अरुमा छैन ।
दलीय अहङ्कार दलीय मर्यादा दलीय निर्देशनको तगारॊले पात्रहरुलाइ पार्टीगत आस्था र मर्यादा बचाउने कोशिसमा आफ्नो पार्टी आफ्नो वर्ग र स्वयम् आफ्नै धोती फुस्केको पत्तो नभैराखेको स्थितिमा रबरझैं तन्किएको संक्रमणकालले वर्गीय उत्थान र विकासको बिँडो उठाउन आउने पात्रहरुले आफ्नो भएभरको ऊर्जा वर्गीय उत्थान र बिकासमा भन्दा बढी पार्टीकै स्वार्थमा खर्चिनुपर्ने बाध्यताकारी स्थिति रहन्छ भने जुनसुकै कोणले पनि यसलाइ सुखद् मान्न मिल्दैन ।
दामको चटारोमा राम्रो-नराम्रो सानो-ठूलो पाप-पुण्य नैतिक-अनैतिकको ख्याल हुँदैन मानिसलाइ । दामको चटारोमा लागेकालाइ यसवारे बिचार गर्ने मनन गर्ने फुस्रद नै हुँदैन । सायद यही बेफुस्रदी हुनुपर्छ जसले गर्दा पात्रहरु यस्ता कुराप्रति लापरवाह हुन्छन् । तर यी बिना जीवनको सार्थकता कहाँ बोलेर कराएर के हुन्छ र भन्ने पात्रहरु गोदामको बासमति चामल नबिकेर सड्दाको जे जति मूल्य चुकाउनुपर्ने हुन्छ चुकाउँछ त्यसकॊ करोडौं गुना बढी मूल्य दाम र नामको चटारोमा राम्रो-नराम्रो सानो-ठूलो पाप-पुण्य नैतिक-अनैतिक अनुशासन मर्यादा जस्ता जीवनका अपरिहार्य कुराहरुप्रति लापरवाह हुने पात्रहरुले चुकाउनुपर्ने हुन्छ चुकाईराखेका छन् ।
९ वर्षअघिदेखि जनप्रतिनिधिविहीन अवस्थामा रहेका स्थानीय निकायहरुमा यसका प्रमुखहरुको अध्यक्षतामा मुख्य मुख्य दलहरुको एक संयन्त्र खडा गरियो र विकास निर्माण उनीहरुबाटै गराईँदै आईयो । तर जिल्लामा हैंसियतै नभएका दलहरु पनि संयन्त्रमा सामेल हुने र बिकास निर्माणमा उनीहरुबाट बखेडाको थुप्रो लाग्नथालेपछि भुरेभारे त गए नै तीसंगै ठालुहरु पनि गए र सर्वदलीय संयन्त्र नै खारेजीमा परे । यसको अर्थ विगत ९ बर्षदेखि अहोरात्र जनता र कर्मचारीका बीचमा रहेर पुलको भुमिका निर्वाह गर्दा गर्दा लखत्तरान परेकाहरुले अर्को निर्वाचनसम्म आराम गरुन भन्ने मनसाय हुनसक्दछ ।
देशको अर्थ र राजनीतिमा खुँडा खुकुरी र बन्दुक कुन हदसम्म हावी छ सबै भुक्तभोगी छन् । यस्ता ज्यानमारा चिजहरु यसरी हावी हुनुको चूरो अर्थमा छ यसमा पनि सबै भुक्तभोगी नै छन् । अर्थको अर्थ धन दौलत रुपैयाँ पैसा सुनचाँदी हिरामोती जुहारात मणिमाणिक्य हो राष्ट्र या राष्ट्रियता होईन । देश या देशप्रेम होईन । अर्थको अर्थ टन्न बैंक ब्यालेन्स हो । जर्हीतहीं घरघडेरी जग्गाजमीन जोड्नु हो मार्वल ओक्ष्याएको दरवार ठड्याउनु हो । घरभरी नोकर चाकर थुपार्नु हो । अथवा हाई प्रोफाईल बनाउनु हो । हाई प्रोफाईलको अर्थ हाई-फाई हो राष्ट्र या राष्ट्रियता होईन । देश या देशप्रेम होईन । युद्ध र प्रेममा सबथोक जायज मानिएझैं यी कुराहरु पनि जायजै हुन्छन् जायजै मान्नुपर्दछ ।
त्यसो त दुनियामा केवल दुई चिज मात्र बलवान हुन्छन् । पहिलो-समय । दोश्रो-ईन्द्रीय । पहिलो बलवानका सामु कसैको केही लाग्दै लाग्दैन । तर दोश्रो बलवान अर्थात ईन्द्रीय भन्ने चिजको सामु आत्मसंयमदेखि बाहेक अरु अवस्थामा देवोँका देव महादेव पनि कामात्तुर भएको स्वयम् हाम्रा शास्त्रहरु छन् भने नाथे मान्छेको कुरा नगरौं । रिभल्भीङ्ग चियरमा बसेको कालो बोकाको अगाडि अच्छाखासा होनहारहरु बासी सागझैं लुत्रुक्क पर्नुपर्ने यथार्थता एउटा नमूना मात्र हुनसक्दछ ।
सरकार पालोमा बाँधिएको छ । पालोमा बाँधिनुको अर्थ सबैले आ-आफ्नो पालो कुरी बस्नु हो । पालो कुरी बस्नुको अर्थ अस्थिरता या आयु छोँट्टयाउनु हो । अस्थिर हुनु या आयु छोँटो हुनुको अर्थ कम समयमा बढी से बढी काम गर्नु या रकम-कलम तलमाथि पार्नु हो अरु होईन । यस्तोमा राज्यको नीति नियम सुशासन पारदर्शिता आर्थिक अनुशासनको कुन हविगत हुन्छ बुझिन्छ-बुझिहालिन्छ ।
राष्ट्रको स्वाधिनता सार्वभौमिकता अखण्डतासंग जोडिएको सम्वेदनशील निकाय सेना हो जसको महत्तामाथि औंला ठड्याउँदा प्रचण्डले पाएको सास्ती दुनियाकै एकमात्र मधेसमैत्री बाबुराम नेतृत्वको सरकार समेतलाई काम लाग्यो र क्षेत्रगत या जातिगत रुपमा त्यसभित्र हुलहुज्जत गर्न दिईएन सेनाकै नम्स्र मुताविक चल्ने निर्णय गरियो । राष्ट्रिय हितमा रहेको त्यो निर्णयलाइ सहमति बिपरित ठहर् याएर उपेन्द्र यादव नेतृत्वको फोरमले सरकारबाट समर्थन फिर्ता लियो र सुयोग्य पात्रलाइ अयोग्य या कवाडी पुष्टी गर्ने अर्को बलियो आधार तयार भयो ।
फरक आस्था या फरक बिचार फरक फरक कामकुराको जवाफ पारस्परिक सम्वाद या वार्ताले नभै बन्द हडताल आगजनी तोडफोडलॆ दिने तालपरे ज्यानै मार्ने जस्तो परिपाटीको विकासले अनुशासन मर्यादा या शिष्टता जस्ता कुराहरु अर्थहीन बने भने यो समाज फेरी यस्तो पुरानै कविलाइ समाजतिर उन्मुख हुनथाल्यो जुन समाज वर्ग वर्गमा क्षेत्र क्षेत्रमा विभाजित हुने गर्दछ । जसको अर्थ तपश्वीहरुको यो पावन तपोभूमि रणभूमिका लागि सजिनु हो अरुको लागि होईन ।
संविधानको स्वरुप र ढाँचामा बखेडा राष्ट्रपतिको स्वरुपमा बखेडा नेपाली सेनाको स्वरुपमै बखेडा न्यायपालिकाको स्वरुपमै बखेडा पहिला भए गरेका सहमति सम्झौतामै बखेडा आदि ईत्यादी भएपछि कहाँ हो त दलहरु मिल्ने के कुरामा हो त नेताहरु मिल्ने दलहरुका आफ्ना भातृसंगठनहरु बीचको द्वैश वैमनस्यता आफ्नै ठाउँमा छ त्यो बाहेक दलका नेताहरुकै अत्यन्तै गैरजिम्मेवारीपूर्ण अनुशासनहीन अमर्यादित र अशोभनीय हर्कत त यस्ता छन् कि त्यसको आधारमा राष्ट्रलाइ प्रतिदिन भूराजनीतिको चक्रव्यूहमा फँसाईदैछ र विश्वको भूगोलबाट नेपालकै नामोनिशान मेटिने खतरा बढ्दैछ ।
देश भूराजनीतिको चक्रव्यूहमा फँसेर भूगोलबाट लुप्त भयो भने त्यसको नैतिक जिम्मेवारी भारत चीन अमेरिका कसैले पनि लिने छैन यर्हीका दल वर्ग क्षेत्र धर्म लिङ्ग जाति समुदायले नै लिनुपर्नेछ । नेपाली नेता कार्यकर्ताहरुको लम्बेतान ङ्यार ङ्यार भूराजनीतिका विदेशी प्रभुहरुको रजाईँ नाङ्गा आँखाले देख्दादेख्दै पनि नबोली बस्ने र हातमा दही जमाएर बस्ने त यहीँका हुन् । अर्थात प्रत्यक्षदर्शी चश्मदिद गवाह ! के नेपाली जनताले भविष्यको त्यो युद्धमा स्वयंलाइ बर्बरिक बन्नबाट जोगाउन सक्लान् आजलाई यत्ति ! अस्तु ।