– कृष्ण खनाल
बुटवल पुस ३० । नेवा सेवा समिति बुटवलको तेश्रो अधिबेशन तथा पाचँै साधारणसभा आज बुटवलमा सम्पन्न भयो । साधारणसभामा बोल्ने बक्ताहरुले नयां पिढिले नेवारी भाषा बोल्न छाडेको भन्दै चिन्ता ब्यक्त गरे ।
उनिहरुले राज्यले नेवार समुदायलाई पछाडि पारेको बताउदै सबैको एकता जरुरी रहेकोमा जोड दिए । समितिका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ब बिधायक सूर्य प्रसाद प्रधान समाजसेबी बिमल बहादुर शाक्यसल्लाहकार काजिमान श्रेष्ठ रामलाल श्रेष्ठसचिब चिरिाजबी श्रेष्ठ लगायतले बोल्दै समितिले सामाजिक काममा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममै सो समुदायबाट २०६७ सालमा एसएलसीमा उत्कृष्ट अंक ४ जना बिद्यार्थीलाई सम्मान गरिएको थियो । समितिले आजै गरेको रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको थियो ।अधिबेशनले आजै नया नेतृत्व चयन गर्ने बताईएको छ ।