निर्जिव मानब आज मलाई बनायौ तिमि
कोमल हृदयमा घात चलाई गयौ तिमि
फुलै फुलले ढाकेको सुन्दर बगैंचामा जादु गरी
खरानीको रास जस्तै बनाई गयौं तिमि
मुखमा राम राम बगलीमा छुरा जस्तै
क्षणिक खुसिको मात्र मलाई भयौं तिमि
सापलाई दुध खुवाएपनि आफ्नो हुन्न भन्थे
हो रहेछ दिलमा बिष लगाई गयौं तिमि
दिलको कुनामा राखि स्वर्गको यात्रा गराए
आखिर दिलसँगै मलाई पनि ढलाई गयौ तिमि ।।