नाइजेरियामा सरकारबिरुद्ध ब्यापक प्रदर्शन भएपछि पेट्रोलमा लाग्दै आएको करमा ६० प्रतिशतसम्म छुट

पेट्रोलको करमा ६० प्रतिशतसम्म छुट दिन नाइजेरिया सहमत


पेट्रोलमा अनुदान नदिने सरकारको घोषणासँगै सरकारबिरुद्ध ब्यापक प्रदर्शन भएपछि नाइजेरिया सरकार पेट्रोलमा लाग्दै आएको करमा ६० प्रतिशतसम्म छुट दिन सहमत भएको छ ।

 

 

नाइजेरियाका राष्ट्रपति जोनाथन गुडलकलले टेलिभिजनमार्फत सन्देश दिंदै पेट्रोलमा लगाउँदै आएको करमा ६० प्रतिशतसम्मको छुट दिने निर्णय भएको जानकारी दिनुभयो ।

 

 

 

केही दिनअघि पेट्रोलमा दिईंदै आएको छुट कटौती गर्ने सरकारी घोषणासँगै पेट्रोलको मूल्यमा ठूलो मात्रामा बृद्धी भएपछि नाइजेरियाली जनता बिरोध प्रदर्शनमा उत्रेका थिए । नाईजेरिया विश्वमा तेल निर्यात गर्ने आठौं राष्ट्र हो ।